ओलीको विरोधमा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीले धनगढीमा बाले टायर
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेका छन्।
प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका एक नेताले प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताए।
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली पहिलो पटक राजधानीबाहिर आउन लागेका हुन्। सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रचण्ड-नेपाल समूहका भएकाले पनि ओलीको धनगढी यात्राका क्रममा तनाव हुन सक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ।
विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ।
यसैबीच सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत नगर्ने भएका छन्। प्रचण्ड-नेपाल पक्षीय नेकपा कैलाली अध्यक्ष तथा प्रदेश सभा सांसद दीर्घ सोडारीले असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री ओलीलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरू नजाने बताए।
‘ओलीका केही मतियार गए जान सक्छन्। मुख्यमन्त्री, मन्त्री कोही जाँदैनन्,’ सोडारीले भने।
प्रचण्ड-नेपाल समूहले ओलीलाई लक्षित गरी प्रदर्शन गर्ने योजना बनाएका छन्।
‘उनीहरूले आमसभा गरे गरून्, हामी केही भन्दैनौं तर ओलीको असंवैधानिक कदमका विरुद्ध पुत्ला जलाउने, टायर बाल्ने र प्रदर्शन गर्ने काममा युवाहरू स्वत:स्फुर्त जान सक्छन्,’ सोडारीले भने।
ओली समूहले आमसभा भने पनि उनको कार्यक्रममा दुई हजार मान्छे पनि नआउने उनको दाबी छ। ‘सार्वजनिक ठाउँमा जम्मा हुने आँट नभएर सुरक्षाकर्मीको घेरामा मञ्च बनाएर कुनामा कार्यक्रम गर्दैछन्,’ उनले भने।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...












