भारतीय सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः घर सम्हाल्ने गृहिणी र हाकिम बराबर
काठमाडाैँ । भारतीय सर्वोच्च अदालतले घर सम्हाल्ने गृहिणी र कार्यालयमा उपरखुट्टी लगाएर जागिर खाने श्रीमानको मूल्य बराबर हुने निर्णय सुनाएको छ ।
सात वर्षअघि राजधानी नयाँ दिल्लीको एउटा सवारी दुर्घटनामा मारिएका सरकारी कर्मचारी श्रीमान र घरकै कामकाजमा सीमित श्रीमतीको मृत्युको क्षतिपूर्तिसम्बन्धमा अदालतको उक्त फैसला आएको हो ।
न्यायाधीशद्वय एनभी रामना र सूर्यकान्तको संयुक्त इजलासले सन् २०१४ अप्रिलमा नयाँ दिल्लीमा एउटा कारले ठक्कर दिँदा मारिएको दम्पत्तिको परिवारलाई उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिवापतको रकमलाई ११ लाख २० हजार भारु.बाट बढाएर ३३ लाख २० हजार पु¥याउन र उक्त रकममा सन् २०१४ को मेदेखि नै ९ प्रतिशत ब्याजसमेत प्रदान गर्न गत मंगलबार आदेश दिएको हो ।
फैसलामा भनिएको छ, ‘मारिने सबैको जीवनको मूल्य तोक्न सकिँदैन । सबैलाई आफनो जीवन अमूल्य हुन्छ । त्यसैले घरमा काम गर्ने मृतक श्रीमतिको क्षतिपूर्ति कम र कार्यालयमा काम गर्ने श्रीमानको बढी भन्ने हुँदैन ।’ सन् २०११ को जनगणनाअनुसार भारतमा झण्डै १६ करोड महिला हाउसवाइफ छन् । जबकि घरमा काम गर्ने श्रीमानको संख्या पुग नपुग ५७ लाख ९० हजार मात्र छ । त्यसैगरी भारतकै एउटा अध्ययन प्रतिवेदनलाई आधार मान्दै न्यायाधीशले फैसलामा उल्लेख गरेका छन् ‘औसतमा एउटी भारतीय महिलाले आफ्नो परिवारका सदस्यको निम्ति दैनिक २ सय ९९ मिनेट सित्तैँमा सेवा दिन्छिन् । तर, त्यहि कामको लागि पुरुषले जम्मा ९७ मिनेट मात्र दिने गरेको छ ।’
एक दिनमा महिलाले घरका सदस्यहरूको हेरचाहमा सित्तैँमा १ सय ३४ मिनेट खर्च गर्छिन् जबकि पुरुषले त्यहि कामको लागि ७६ मिनेट मात्र लगाउँछन् । महिलाले घरको काममा २४ घण्टामा झण्डै १७ प्रतिशत समय र पुरुषले २ दशमलव ६ प्रतिशत समय मात्र बिताउने गरेकाले पनि हाउसवाइफको कामको मूल्य अधिक देखिने व्याख्या अदालतको फैसलामा गरिएको छ ।
न्यायाधीशहरुले ती सबै सामाजिक गतिविधि र तथ्याङ्कबाट भारतीय कानुन र अदालतले कुनैपनि किसिमको श्रम र सेवाको मूल्यमा विश्वास गर्ने धारणालाई स्वीकृत भएको बताउँदै सबैभन्दा महत्वपूर्ण कुरा यो सामाजिक समानताको संवैधानिक दृष्टिकोण र सबैको जीवनको मर्यादा सुनिश्चित गर्ने दिशामा एउटा कोशेढुङ्गा हो भनेका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












