मेरो चिन्ता धेरै गर्नुभयो, म संवैधानिक दायित्वबाट पछि हट्न मिल्दैनः महान्यायाधिवक्ता खरेल
काठमाडौं । महान्यायाधीवक्ता अग्नि प्रसाद खरेलले आफू संवैधानिक दायित्वबाट पछि हट्न नमिल्ने भन्दै विगतमा आफूले दिएको अभिव्यक्तिको बचाउ गरेका छन् ।
उनले संविधानसभाबाट संविधान जारी भएपछि सरकारले प्रतिनिधिसभा विघटन गर्न नसक्ने अभिव्यक्ति दिएको भन्दै यसअघि रिट निवेदकको तर्फबाट बहस गर्ने केही अधिवक्ताले प्रश्न उठाएका थिए ।
तर सोमबार प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारको तर्फबाट बहस गर्दै महान्यायाधिवक्ता खरेलले आफू संवैधानिक दायित्वबाट पछि हट्न नमिल्ने बताए ।
‘मेरो बारेमा धेरै चिन्ता गर्नुभयो’, अधिवक्ताहरुले यसअघि उठाएको प्रश्नप्रति लक्षित गर्दै उनले भने, ‘मैले बहस गरिनँ भने संवैधानिक दायित्वबटा पछि हटेको ठहर्छ । त्यसरी मिल्दैन ।’
उनले अगाडि भने, ‘मैले बोलेका कुरा कुनै विवादित थिए ? यो मुद्दालाई असर पार्न खालका थिए ?’
उनले प्रतिनिधिसभा विघटन संविधानअनुरुप रहेको पनि जिकिर गरे । यस्तै उनले राजपत्र प्रकाशितका विषयमा उठेको प्रश्नमा सरकारको बचाउ गर्दै भने, ‘प्रक्रियागत रुपमा राजपत्र प्रकाशित हुँदै जान्छ । त्यसका अतिरितांकहरु सामान्य ढंगले प्रकाशित हुन्छन् । वेबसाइटमा अपलोड नहुन पनि सक्छ । त्यसले आधारभूत अर्थ राख्दैन । जसरी राजपत्रको बारेमा इजलासमा उठाइयो त्यो विषयवस्तु त्यस्तो होइन ।’
उनले सरकार संविधानको धारा ७६ (१) अनुसार नै गठन भएको जिकिर पनि इजलासमा गरे । ‘यो धारा ७६ को धारा १ अनुसारकै सरकार हो । त्यो कुरा रिट निवेदक देव गुरुङलगायतले पनि उल्लेख गर्नुभएको छ ।’
ओली सरकार एकल बहुमतीय सरकार भएकाले विघटन गर्न कुनै छेकबार नभएको उनको जिकिर थियो ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











