राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठकः म्यानमारको सैन्य ‘कू’बारे छलफल हुने
एजेन्सि । म्यानमारको सैन्य ‘कू’बारे छलफल गर्न राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ।
मंगलबार सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
आइतबार राति म्यानमारका सेनाले सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसीकी नेतृ आङ सान सुची तथा राष्ट्रपति विन मिन्टसहित प्रदेशका प्रमुखहरूलाई नियन्त्रणमा लिएर सैन्य ‘कू’ गरेका थिए।
म्यानमारमा यतिबेला एक वर्षसम्म संकटकाल घोषणा गरिएको छ।
सैन्य कूपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले उक्त कार्यको विरोध जनाउँदै लोकतान्त्रिक सुधारमा गम्भीर धक्का लागेको बताएका थिए।
यस बैठकले म्यानमारबारे महत्वपूर्ण निर्णय लिने बताइएको छ।
गत नोभेम्बरमा भएको चुनावमा सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसी एनएलडीले सरकार गठन गर्ने बहमुत प्राप्त गरेको थियो। तर सेनाले चुनावमा धाँधली भएको आरोप लगाइरहेको थियो।
चुनावमा धाँधली भएकै कारण सैन्य कू गरिएको बताइएको छ। हाल म्यानमारका सेना प्रमुख मिन अङ लाइङले एकवर्षसम्म राज्यसञ्चालनको जिम्मा पाएका छन्।
सैन्य कूपछि प्रतिक्रिया जनाउँदै त्यहाँका सेनाले सोमबार भनेका थिए,‘हामी सन्तुलन र निष्पक्षताका साथ एक वर्षसम्म म्यानमारमा वास्तविक बहुदलिय लोकतन्त्रको अभ्यास गर्नेछौं।’
सेनाले आफूहरुले निष्पक्ष निर्वाचनको आयोजना गर्ने र विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्।
लामो समय सैन्य शासन झेलेको म्यानमारमा फेरि सैन्य शासन लागू भएको हो। यसअघि म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैन्य शासन थियो।
म्यानमारको सैन्य कूको अमेरिका, भारत, बेलायत लगायतका मूलुकले विरोध जनाएका छन्। अमेरिकाले म्यानमारमा आर्थिक प्रतिबन्ध लगाउने र अन्य आवश्यक कारवाही गर्ने चेतावनी दिएको छ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












