प्रदेश सांसद ओलीद्धारा चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकखण्डको अनुगमण
रुकुम पूर्व । लुम्बिनी प्रदेशसभा सदस्य तेजबहादुर ओलीले चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकखण्डको चुनाबाङ–होर्दीङ खण्डमा अनुगमण गर्नुभएको छ । प्रदेशसासंद ओलीसहित जिल्लास्थित सम्बन्धित निकायका व्यक्तिहरुले सडकको अनुगमण गर्नुभएको हो ।
४ वर्ष अघि सम्झौता भएको उक्त सडकखण्डमा ठेकेदारको लापरबाहीको कारण समयमै काम सम्पन्न हुन सकेको थिएन् । सोही खण्डमा अहिले पूनः काम सुचा रु भएपछि टोलीले सडकको अनुगमण गरेको हो । सुरत कन्स्ट्रक्सन प्रालीले ६ करोड ६८ लाखमा ठेक्कामा ४ वर्ष अघि कामको जिम्मा पाएको थियो । यो चार वर्षको अवधिमा प्रालीले जम्मा १० किलोमिटरमा सडक खनेको छ ।
चुनबाङको गैरीगाउँबाट होर्दीङसम्मको १३ किलोमिटरमा सडक खन्नेगरी कामको जिम्मा पाएको उक्त प्रालीले ४ वर्षको अवधिमा १० किलोमिटर सडक खनेको छ भने ३ किलोमिटर सडक खन्न अझै बाकी रहेको इन्जिनीयर रिपेश चौधरीले बताउनुभयो । ठेकेदारको मनपरीले गर्दा काममा ढिलाई भएको प्रदेशसभा सदस्य ओलीले बताउनुभएको छ ।
उहाँकाअनुसार यो आयोजनाको टेन्डर संघ सरकारले आह्वान गरेको थियो । पछि संघ सरकारले यहि आयोजना प्रदेश सरकारलाई हस्तान्त्रण गरेको हो । चुनबाङ–रुकुमकोट–सिस्नेद्धारी–डोल्पा सडकको यस खण्डमा दुई पटक डिपिआर गरिएको सांसद ओलीले बताउनुभयो । संघ सरकारको मातहतमा हुदा डिपिआर भएको र त्यतिबेला कुनै काम नै भएन, पछि फेरी प्रदेश मातहतमा आइसकेपछि फेरी अर्को डिपिआर गरी काम थालिएको हो ।
यसले गर्दा त्यहाँका स्थानीयमा पनि दुई पटक डिपिआर हुदा कुन सहि भन्नेमा अन्योलता सिर्जना भएको छ । बाटो भने पछिल्लो पटक गरिएको डिपिआर अनुसार खनिएको र त्यहिअुनसार नै खनिने बताइएको छ । यसै आर्थिक वर्षमा उक्त खण्डलाई होर्दीङसँग जोड्ने इन्जिनीयर चौधरीले बताउनुभएको छ ।
यस खण्ड होर्दीङमा जोडियो भने रुकुमकोट र चुनबाङ जोडिनेछन् । यस खण्डको काम सकिने बित्तिकै दुवैतीरका स्थानीय नागरिकलाई रोल्पा हुदै रुकुमकोट र चुनबाङ पुग्नुपर्ने बाध्यताको अन्त्य हुने सांसद ओलीले बताउनुभएको छ ।
अनुगमणमा प्रदेशसासंद ओलीसहित जिल्ला समन्वय समिति प्रमुख गजेन्द्रबहादुर ओली, उपप्रमुख भिमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी राजकुमार राई, सिस्ने गाउँपालिका उपाध्यक्ष गोबरधन बुढा, वडा नम्बर ५ का वडा अध्यक्ष शान्तेबहादुर विक, ६ नम्बर वडाध्यक्ष सुधन रेग्मि,भूमे गाउँपालिका ९ नम्बर वडा अध्यक्ष प्रवेश पुनलगाएतको सहभागीता रहेको थियो ।

Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












