नेकपाको विवाद समाधान गरेर तोकिएकै समयमा निर्वाचन
काठमाडौं । निर्वाचन आयोगले सरकारले तोकेको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचनको गतिविधिलाई तीव्र बनाएको छ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १४ दललाई बोलाएर आचारसंहिताको बारेमा छलफल गरेको छ।
निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेपछि त्यसमाथि छलफल गर्न बैठक बोलाइएको दलहरूसँगको छलफलपछि प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
‘संघ प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छौँ। दलका प्रतिनिधिले सुझाव प्राप्त भएको छ केही दलहरूले भोलिसम्म लिखितरूपमा दिने भन्नुभएको छ’ उनले भने, ‘त्यसपछि आचारसंहिता लागू हुन्छ।’
आयोगले प्रतिनिधिसभा विघटनपछिको विभाजित सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद पनि छिट्टै समाधान गर्ने तयारी गरिरहेको उनले बताए। ‘आयोग दलहरूमा देखिएको समस्या छिट्टै निर्णय गरेर निकास दिने तयारी गरिरहेको छ’ उनले भने।
दलको सुझाव आएपछि आयोगले आचारसंहिता लागू गर्ने उनले बताए। उनले सरकारले तोकको ०७८ वैशाख १७ र २७ गते निर्वाचन गराउनका आयोग सक्षम भएको दाबीसमेत गरे।
आचारसंहितामा विगतको अनुभवलाई समेटेर परिमार्जित रूपमा लागू हुने बताए। दल दर्ताको विषयमा बोलाएको छलफलपछि नेकपा प्रचण्ड–माधव पक्षको पत्र प्राप्त भएपछि अध्ययन गरिरहेको समेत जनाए।
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












