संविधानको व्याख्या त्यहाँ के लेखिएको छ भन्ने आधारमै हुनुपर्छः वरिष्ठ अधिवक्ता कार्की
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधानबारे राष्ट्रपति र सरकारको बुझाइ एक किसिमको र अरुको बुझाइ अर्कै रहेको बताएका छन् ।
संवैधानिक इजलासलाई राय दिँदै उनले भने, ‘सरकार र राष्ट्रपतिले बुझेको एक किसिमको, अरूले बुझेको अर्को किसिमको आयो ।’
कार्कीले संविधान निर्माणका क्रममा के छलफल भएको थियो भन्नेमा नभई के लेखिएको छ भन्नेमा आधारित हुनुपर्ने सुझाव पनि दिएका छन् । उनले राज्यका निकायका कार्यक्षेत्रको संविधानसम्मत व्याख्या हुनुपर्ने पनि सुझाए । उनले संसद्, कार्यपालिका र न्यायपालिकालाई संविधानले अधिकार दिएको भन्दै सोही व्यवस्थाअनुसार संवैधानिक इजलासले व्याख्या गर्नुपर्ने राय दिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध संविधान लेखनमा संलग्न दलहरू नै आन्दोलनमा रहेको कार्कीको भनाइ थियो । ‘जसले संविधान बनाए, जसले लागु गर्नुपर्ने थियो, अभ्यास गरे, उनीहरू संविधान समाप्त हुन लाग्यो भनेर आन्दोलनमा उत्रिएका छन् । उनीहरूले हामीले बनाएको संविधान दुर्घटनामा पर्यो भनिरहेका छन्,’ उनले भने ।
यो विषयको निर्क्योल गर्नुपर्ने गम्भीर जिम्मेवारी संवैधानिक इजलाससामु रहेको पनि उनको भनाइ थियो ।
कुनै पनि संविधान लेखनको सुरुवात गर्दा कस्तो मान्यतामा लेख्ने भन्ने निर्क्योल हुने कार्कीले बताए । उनले नेपालमा संसदीय लोकतान्त्रिक व्यवस्था, गणतन्त्रको व्यवस्थामा जाने लेखिएको पनि बताए । उनले राजतन्त्रको व्यवस्थामा संविधान नआएको पनि धारणा राखे । ‘संसदीय व्यवस्थामा जाने भनेपछि संविधान लेखियो । धारा ७४ मा लेखियो कि बहुलवादमा आधारित हुने, प्रतिस्पर्धात्मक लोकतान्त्रिक हुने र संघीय गणतन्त्रात्मक हुने भनियो । यसमा हामी अलमलिनुपर्ने कारण छैनन्,’ उनले भने ।संसदीय व्यवस्थामा संसद्को पहिलो काम सरकार गठन गर्ने, सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही हुने मान्यता रहेको उनको भनाइ थियो । सरकारले संसद्को विश्वासमा काम गर्नुपर्ने, विश्वास छ कि छैन भन्नेबारे विश्वासको मत लिनुपर्ने तथा जसले सरकार हटाउन चाहन्छ उसले संसद्मा अविश्वासको मत पारित गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताए । ‘संसद्को विश्वास हुँदासम्म सरकारले काम गर्ने र नहुनासाथ विश्वासको मत लिने । जसले हटाउन चाहन्छ उसले अविश्वासको मत पारित गर्नुपर्ने हो । त्यो विश्वासको मत संसद्मा नै लिने हो, अन्त परीक्षण गर्न भएन,’ उनको राय थियो ।
संविधान सही ढंगले कार्यान्वयन नभएको अवस्थामा त्यसको पीडा र परिणाम कति भोग्नुपर्ने हो भन्ने कुरा अन्योल रहेको कार्कीको भनाइ थियो ।
संविधानको व्याख्या त्यहाँ जस्तो लेखिएको छ, त्यसै आधारमा हुनुपर्ने पनि कार्कीले सुझाए । उनले भने, ‘संविधानको व्याख्या मैले गर्दा र श्रीमान्ले गर्दा पनि कानुनअनुसार गर्नुपर्छ । आफूखुसी गर्न पाइँदैन ।’ संविधान लेखनका आधारमा आएका कुराहरूलाई आधार नमानी लेखिएको संविधानमा के आएको छ त्यो आधारमा व्याख्या गर्न उनले सुझाए ।
संसद्को विघटन संविधानले सिद्धान्ततः स्वीकार गरेको तर त्यसका लागि सर्त रहेको उनको भनाइ थियो ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...












