सरकारद्वारा सचिव हेरफेर : अख्तियारमा राय, निर्वाचन आयोगमा अधिकारी
काठमाडौं । सरकारले ठूलो संख्या सचिवको सरुवा गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा भएको छ। अधिकारीको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय गएका छन्।
निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालय पुर्याइएको छ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ भने पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई ल्याएको छ। नेपाल ट्रस्टका देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र पुर्याइएको छ।
त्यसैगरी शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई वित्त आयोग सरुवा गरिएको जान मानेका छैन। आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ। भूमी सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पठाइएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतम श्रम मन्त्रालयमा ल्याइएको छ।
प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय(उद्योग) सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(अतिरिक्त)का सचिव सुमन अर्याललाई खटाइएको छ।
वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ। आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












