जापानी राजदुत र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बीच बिदाइ भेट
काठमाडाैं । नेपालका लागि जापानी राजदुत मासामिची साइगोले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।
राजदुत साइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए ।
करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अबरोध भएको बताउँदै तिमिल्सिनाले खोप लगाउन थालीएकोले सहज हुने विश्वास व्यक्त गरे ।
‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ उनले भने ।
जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार राष्ट्र रहेको बताउँदै उनले जापानको सहयोगमा निर्मित विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्ग लगायतका योजना नेपाली जनताले सम्झिरहने बताए । पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको महत्वपूर्ण सहयोग रहिआएको पनि उनले स्मरण गरे ।
त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापानबाट नेपाल आउने पर्यटक, स्वयंसेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने बताए ।
भेटमा राजदूत साइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका छन् ।
उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












