सदर चिडियाखाना पुगेर प्रधानमन्त्रीले भने:`एकसिंगे गैँडाको खुवाउने एक महिनाका लागि खर्च म व्यहोर्छु´
काठमाडाैँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले ‘एडप्ट एन एनिमल’ अर्थात् वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको छ । सदर चिडियाखाना व्यवस्थापन गरेको रजत महोत्सव तथा विश्व वन्यजन्तु दिवसको अवसरमा कोषले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको हो ।
अभियानअन्तर्गत अब चिडियाखानाका वन्यजन्तुलाई आवश्यक आहारा, उपचार खर्चलगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने भएका छन् । सो अवसरमा प्रधानमन्त्री केपी ओलीले चिडियाखानामा भएको एकसिंगे गैँडालाई अभिभावकत्व लिने घोषणा गरे ।
‘एकसिंगे गैँडाको खुवाउने खर्च एक महिनाका लागि आफैँ व्यहोर्छु । त्यसपछि एक वर्ष भने नेपाल सरकारले व्यहोर्नेछ’, प्रधानमन्त्री ओलीले भने ।
कोरोनाकालभर नै आफ्नो पारिश्रमिक दान गरेको हुनाले श्रीमती राधिका शाक्यको पेन्सनबाट नै एकसिंगे गैँडाको एक महिनाको खर्च आफूले व्यवहोर्ने प्रतिबद्धता ओलीले ठ्टयौली भावमा सुनाए ।
‘नेपालमा मात्रै पाइने हुँदा वास्तविक धर्तीपुत्र र रैथाने जनावर एकसिंगे गैँडा मात्रै हो । उसलाई नेपाल यति प्यारो छ, नारायणीको किनार यति प्यारो छ कि ऊ नेपाल छाडेर अमेरिका जाँदैन’, एकसिंगे गैँडाको बखान गर्दै अभिभावकत्व ग्रहण गर्नुको कारण उनले खुलाए ।
साथै ज्येष्ठ नागरिक, अशक्त मानिस तथा गर्भवतीलगायतका आगन्तुकलाई लक्षित गरी चिडियाखानालाई चारवटा विद्युतीय बग्गी दिने घोषणासमेत उनले गरे । त्यसो त वन्यजन्तु अभिभावकत्व अभियानमा ओलीलगायत अन्य ६ जनाले पनि विभिन्न वन्यजन्तुको अभिभावकत्व ग्रहण गरे ।
हाल चिडियाखानामा १ सय १० प्रजातिका १ हजार १ सय ६१ वन्यजन्तु छन् । चिडियाखाना संरक्षण गर्नका लागि कोषलाई दिएको जिम्मेवारी २५ वर्ष पूरा भएको अवसरमा ‘एडप्ट द एनिमल’ अभियान मनाइ कोषले विश्व वन्यजन्तु दिवस मनाएको हो । बुधबारदेखि नै चिडियाखानाले विद्युतीय टिकटको पनि व्यवस्था गरेको छ ।

Comments
अरु समाचार
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...












