आयल निगमका प्रबन्ध निर्देशक भन्छन्- पेट्रोलियम पदार्थको मूल्य बढ्नुमा निगमको भूमिका हुँदैन
काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा आफ्नो भूमिका नहुने जनाएको छ ।
निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोल, डिजेललगायतको पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भूमिका नहुने बताए ।
आयल निगमले बिक्री गर्ने तेलको मूल्य निर्धारण स्रोतमा हुने मूल्यको घटबढले निर्धारण गर्ने उनको भनाइ थियो । डलरको दर, क्रुड आयलमा बढ्ने दर र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मूल्य घटबड हुने उनले बताए ।
समाचारमा आए जस्तो निगमको आन्तरिक व्यवस्थापनको खर्च धान्ने विषय मूल्यसँग नजोडिने उनको दाबी छ । आयल निगमको खर्च धान्न पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था नरहेको उनले बताए ।
प्राकृतिक हिसाबले मूल्य घटबढ हुने भएकाले मूल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाइ छ ।
‘निगमको खर्च, कर्मचारी खर्च आउँछन्, त्यो पनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ बिक्री गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ,’ उलने भने, ‘त्यसले पेट्रोलियम पद्धार्थको मूल्यमा कुनै पनि असर आउँदैन । यो मूल्य बढ्नमा सरकारको, निगमको कुनै पनि ठूलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’
आयल निगमले मूल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर बिक्री गरेको उनको दाबी छ । मूल्यवृद्धि लामो समयसम्म रहे ठूलै लेभलको मूल्य समायोजन गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए ।
‘मूल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनै पनि पोइन्टमा आएर ठूलो लेभलको मूल्य समायोजन गर्ने परिस्थिति हुन्छ,’ उनले भने ।
हाल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मूल्य १४ सय रुपैँया कायम गरेको छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












