राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, ९ र १० चैतमा राजकीय भ्रमण तय
काठमाडाैँ । कोभिड– १९ को महामारी सरु भएको एक वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण बंगलादेशबाट सुरु हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ९ र १० चैतमा बंगलादेशको राजकीय भ्रमण गर्ने तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी जान लागेकी हुन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनको भ्रमण तय भएको हो ।
बंगलादेशले सार्क सदस्य मुलुकका अन्य शीर्ष नेताहरूलाई पनि समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ । यो अवसरमा ढाकामा ४ देखि १४ चैतसम्मका लागि विभिन्न कार्यक्रम तय भएको छ । बंगलादेश पाकिस्तानबाट सन् १९७१ मा स्वतन्त्र भएको यसपालि ५० वर्ष पुगेको छ ।
समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १३ चैतमा ढाका जाँदै छन् । बंगलादेशको परराष्ट्र मन्त्रालयका अनुसार भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्र्राहिम मोहम्मद सोलिह, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि ढाका जाने तय भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले भने बंगलादेशलाई भिडियो सन्देश पठाउने कार्यक्रम छ । निम्तालु सार्कका शीर्ष नेताहरूमध्ये भारतीय प्रधानमन्त्री मोदी ढाकाभन्दा बाहिर जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्यालसहितका अधिकारी एवं राष्ट्रपति कार्यालयका अधिकारी पनि सहभागी हुनेछन् । राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध तथा बंलाबन्धुको जन्मशताब्दीबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समकक्षीद्वारा आयोजित राजकीय भोजमा सहभागी हुने तथा राष्ट्रिय संग्रहालयको भ्रमण गर्ने पनि कार्यक्रम छ । बंगलादेशमा रहेका नेपालीसँग पनि राष्ट्रपति भण्डारीले नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा भेटघाट गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












