राष्ट्रपति भण्डारी बंगलादेश जाँदै, ९ र १० चैतमा राजकीय भ्रमण तय
काठमाडाैँ । कोभिड– १९ को महामारी सरु भएको एक वर्षपछि नेपालको उच्चस्तरीय भ्रमण बंगलादेशबाट सुरु हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ९ र १० चैतमा बंगलादेशको राजकीय भ्रमण गर्ने तय भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको १००औँ जन्मजयन्ती तथा बंगलादेश स्वतन्त्रताको ५०औँ वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी जान लागेकी हुन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनको भ्रमण तय भएको हो ।
बंगलादेशले सार्क सदस्य मुलुकका अन्य शीर्ष नेताहरूलाई पनि समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ । यो अवसरमा ढाकामा ४ देखि १४ चैतसम्मका लागि विभिन्न कार्यक्रम तय भएको छ । बंगलादेश पाकिस्तानबाट सन् १९७१ मा स्वतन्त्र भएको यसपालि ५० वर्ष पुगेको छ ।
समारोहमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १३ चैतमा ढाका जाँदै छन् । बंगलादेशको परराष्ट्र मन्त्रालयका अनुसार भुटानका प्रधानमन्त्री डा. लोटे छिरिङ, माल्दिभ्सका राष्ट्रपति इब्र्राहिम मोहम्मद सोलिह, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षे पनि ढाका जाने तय भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले भने बंगलादेशलाई भिडियो सन्देश पठाउने कार्यक्रम छ । निम्तालु सार्कका शीर्ष नेताहरूमध्ये भारतीय प्रधानमन्त्री मोदी ढाकाभन्दा बाहिर जाने कार्यक्रम रहेको छ ।
राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्यालसहितका अधिकारी एवं राष्ट्रपति कार्यालयका अधिकारी पनि सहभागी हुनेछन् । राष्ट्रपति भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध तथा बंलाबन्धुको जन्मशताब्दीबारे सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
राष्ट्रपति भण्डारीले समकक्षीद्वारा आयोजित राजकीय भोजमा सहभागी हुने तथा राष्ट्रिय संग्रहालयको भ्रमण गर्ने पनि कार्यक्रम छ । बंगलादेशमा रहेका नेपालीसँग पनि राष्ट्रपति भण्डारीले नेपाली राजदूतावासद्वारा आयोजित कार्यक्रममा भेटघाट गर्ने कार्यक्रम छ ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












