सिङ्गो लुम्बिनी प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्वले दिन सक्छ: कृषि मन्त्री पौडेल
रुकुम पुर्व । लुम्बिनी प्रदेशकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेशलाई धान्ने उत्पादन रुकुम –पूर्व) ले दिने बताउनुभएको छ । प्रदेशकै एकमात्र अर्गानिक जिल्ला रुकुम –पूर्व) ले दिने उत्पादनले प्रदेशभरीलाई नै धान्ने मन्त्री पौडेलले बताउनुभयो । एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालय रुकुम –पूर्व) ले आयोजना गरेको स्थानीय तहसँग योजना तर्जुमा तथा दोस्रो चौमासीक प्रगति समिक्षा गोष्ठिमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
यसै आर्थिक वर्षमा अर्गानीक जिल्ला घोषणा गरेको यस जिल्लाका कृषकहरुले व्यवसायीक रुपमा कृषिलाई अंगालेभने यहाँको उत्पादनले प्रदेशलाई धान्ने र अर्गानीक खानपानले मानीसलाई निरोगी बनाउने मन्त्री पौडेलको भनाई छ । यस जिल्लामा सबै प्रकारका कृषि र पशुपालनको सम्भावना राम्रो रहेको बताउदै यस्ता कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले हरसम्मको सहयोग गर्ने प्रतिबद्धता मन्त्री पौडेलले बताउनुभयो ।
यस्तै उहाँले कार्यक्रममा सहभागीहरुबाट अनुगमणको पाटो फितलो भयो भन्ने गुनासोलाई सम्बोधन गर्दै आगाम िदिनमा संयुक्त अनुगमणमा जाने योजना बनाएको र त्यसैअनुरुप सुधारको पटोलाई अगाडि बढाउने मन्त्री पौडेलले बताउनुभयो । “अहिले जिल्लामा साना कृषहरुलाई स्थानीय सरकारले हेरीराको छ”, मन्त्री पौडेलले भन्नुभयो, “प्रदेश सरकारले अलीकती ठुलो व्यवसाय गर्नेहरलाई मोटो रकम दिन्छ ।” त्यसैले कृषकहरुले पनि आफ्नो व्यवसाय कुन सरकारसँग बजेट मागनको लागि उपयुक्त छ, त्यो कुरामा ध्यान दिएर अुदान माग गर्नुपर्ने उहाँको भनाई छ ।
यस्तै मन्त्री पौडेलले प्रदेशका अन्य जिल्लालाई भन्दा यस अर्गानीक जिल्ला रुकुम –पूर्व) लाई सकारात्मक विभेद गरेर जैविक मलमा केहि अनुदान बढाउन सकिने कुरा कृषकहरुलाई जानकारीसमेत गराउनुभएको छ । कृषकलाई ब्याजमा अनुदान दिने नीति प्रदेश सरकारले लिएको भन्दै त्यसमा जोडिनसमेत उहाँले सबै कृषकलाई आग्रह गर्नुभएको छ । यस्तै उहाँले प्रदेश सरकारले सहकारी विकास कोषको स्थापना गरेको छ भने प्रोत्साहन अनुदान, करार खेतीको नीती, कृषिकर्मी रोजगारलगाएतको व्यवस्था गरेको बताउनुभयो ।
अब भने कृषि र पशुको क्षेत्रमा काम भइरहेको ठाउँमा स्थलगत तालिम सञ्चालन गर्ने मन्त्री पौडेलले बताउनुभयो । प्रदेशमा बसेर गरेको कुराले यहाँ काम गर्न सम्भव नभएको भन्दै ८० प्रतिशत व्यवहारीक र २० प्रतिशत शैद्धान्तीक कुरालाई लागु गर्दै कृषकको बारीमै पुगेर स्थलगत तालिमको व्यवस्था गरिने मन्त्री पौडेलले बताउनुभएको छ । यस्तै उहाँले यहाँको अर्गानीक उत्पादनले बजार पाउदैनी भन्ने कुरामा अन्योलमा नपर्न कृषकलाई अनुरोध गर्नुभएको छ । जिल्लामा कृषि उद्योग सञ्चालन गर्न प्रदेश सरकार सकारात्मक भएको पनि मन्त्रि पौडेलको भनाई छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












