काठमाडाैँसहित देशका विभिन्न स्थानमा वायु प्रदुषण बढ्याे
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण बढेको छ।
प्रि–मनसुनको समयमा औषत भन्दा निकै कम वर्षा तथा डढेलो र औद्योगिक गतिविधिका कारण पछिल्ला दिनहरुमा वायु प्रदुषण बढ्दाे क्रममा रहेकाे वातावरण विभागले जनाएकाे छ।
विभागका अनुसार पछिल्लो केही दिन यता काठमाडौँ, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ।
विभागका प्रवक्ता ईन्दुविक्रम जोशीले भने, ‘पर्याप्त पानी नपर्दा वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । यसै पनि हाम्रो वायुको गुणस्तर कमजोर नै छ त्यसमाथि हाल थप खराब भएको छ।’
स्थानीय कारकहरु नै हालको वायु प्रदूषणका लागि बढि मात्रामा जिम्मेवार रहेको उनले बताए। विभागका उपमहानिर्देशकसमेत रहेका जोशीले भने, ‘हावा राम्रोसँग चल्न सकेको छैन । औद्योगिक गतिविधिहरु भएका छन्। सवारी चाप बढि छ। वनहरुमा डढेलो लागेको छ। यी सबैको प्रभाव वायुको गुणस्तरमा परेको हो।’
मौसमविद् शान्ति कँडेलका अनुसार वायु प्रदूषण बढ्नुमा पश्चिमी वायुको मौसमी गतिविधि पनि कारक रहेको छ।
मौसमविद् कँडेलले भनिन्, ‘अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ। तर सो वायु पानी पर्ने गरि सक्रिय छैन। बदली गराउने तथा नेपाल बाहिरबाट धुलोका कणसहित वायु प्रदूषण गराउने तत्वहरु भने पश्चिमी वायु ल्याइरहेको छ।’
तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरि पानी पर्ने वा त्यसलाई बढार्ने गरि हावा चल्ने सम्भावना नदेखिएको उनले बताइन्।
उनले भनिन्, ‘पानी परेको छैन, तर बदली भएको छ। हावा आइरहेको छ। मौसम धुम्मिएको छ। धुलोका कणहरु पनि आएका छन्। तत्काललाई वर्षा भएर सफा गर्ने खालको मौसमी प्रणाली छैन।’
यो वर्ष मार्च महिना (२४ सम्म) मा काठमाडौँ उपत्यकामा मात्रै ६.६ मिलिमिटर पानी परेको छ। मार्च महिनाको औषत वर्षा ३४.२ मिलिलिटर हो। यो वर्ष प्रि–मनसुनी गितिविधि विगतका वर्षमा जस्तो सक्रिय नहुँदा निकै कम पानी परेको उनले बताइन्।
नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३०० सय भन्दा बढि भएमा मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिने छ। बुधबार बिहान सिमराको एक्यूआई ३०५ मापन भएको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












