खोप निर्यात तत्कालका लागि बन्द गर्ने भारतको निर्णय, नेपालसहित १९० देश प्रभावित हुने
काठमाडाैँ । भारतले अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्ध खोप तत्काल अरु देशलाई नदिने भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप कोभिसिल्डको नाममा भारतको सेरम इन्स्टिच्युडले उत्पादन गर्दै आएको छ । त्यहाँबाट उत्पादित खोप तत्कालका लागि अरु देशलाई नदिने निर्णय भारतले गरेको त्यहाँको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
सेरमले उत्पादन गरेको खोप नेपालसहितका देशले किन्नका लागि सम्झौता गरेका छन् ।
तर संक्रमण दर बढ्दै गएको र आफ्नो देशमा कोरोना भाइरसको नयाँ भेरियन्टले अवस्था थप भयावह हुन सक्ने भन्दै आन्तरिक माग पूरा गर्नका लागि तत्कालका लागि खोपको निर्यात बन्द गर्ने निर्णयमा भारत पुगेको हो ।
महामारीको दोस्रो लहर सुरु भएको र संक्रमण दर बढ्दो क्रममा रहेकाले आफ्नै देशमा जारी खोप अभियानका लागि आवश्यक पर्ने भन्दै भारत यस्तो निर्णयमा पुगेको हो ।
निर्णय अस्थायी रहेको बताएका सरकारी अधिकारीका अनुसार अप्रिलको अन्तिमसम्म खोपको निर्यात प्रभावित हुनेछ ।
भारतको यो निर्णयका कारण भारतबाट किन्न चाहेका तथा कोभ्याक्स अन्तर्गत खोप पाउने सूचिमा रहेका विश्वका झण्डै १९० देश प्रभावित हुने भएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाईमा विश्वका गरिब देशमा पनि खोपको समान पहुँच कायम गर्ने उद्देश्यसहित कोभ्याक्स अभियान स्थापित भएको हो ।
भारतको सबैभन्दा ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युड अफ इन्डिया (एसआइआइ) ले पछिल्लो दिनमा एस्ट्राजेनेकोको खोप विभिन्न देशमा पठाउन बन्द गरेको छ । यसबाट बेलायत तथा ब्राजिलसहितका देश पनि प्रभावित भएका छन् ।
भारतले हालसम्म विश्वका ७६ देशमा खोपको ६ करोड डोज निर्यात गरेको छ ।
भारतमा पछिल्ला दिनमा संक्रमण बढ्दो क्रममा छ । बुधबार ४७ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भयो भने २७५ जनाको मृत्यु भयो ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












