फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी प्रक्रिया रद्द गर्न नेपाली सेनालाई लेखा समितिको निर्देशन
काठमाडाैँ । संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई फास्ट ट्र्याको सुरुङ र पुल निर्माणसम्बन्धी दुई प्याकेजमध्ये दोस्रो प्याकेजको प्रि–क्वालिफिकेसन प्रक्रिया रद्द गर्न नेपाली सेनालाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले फास्ट ट्रयाकको दुईवटा प्याकेजको टेन्डर आह्वानका लागि प्रि–क्वालिफिकेसनको नतिजा निकालिएकोमध्ये दोस्रो प्याकेजमा प्रतिस्पर्धा हुने नदेखिएकाले रद्द गरी पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्न निर्देशन दिएको हो ।
समितिको बैठकले गरेका निर्णयहरू सुनाउँदै समितिका सचिव डा. रोजनाथ पाण्डेले भने, ‘आज सार्वजनिक लेखा समितिको फास्ट ट्रयाकको दुईवटा प्याकेजको टेन्डर आह्वानका लागि प्रि–क्वालिफिकेसनको जुन नतिजा निकालिएको थियो नेपाली सेनाको परियोजनाअन्तर्गत त्यस सम्बन्धमा छलफल भयो ।
विभिन्न कोणबाट सार्वजनिक खरिद ऐन नियमावलीहरूमा भएको प्रावधानहरूको सन्दर्भमा त्यसलाई पालना गरे–नगरेको सन्दर्भमा पनि धेरै कुराहरू भए र अन्तिम निष्कर्ष के आयो भने जुन प्रतिस्पर्धामा प्रि–क्वालिफिकेसनपछि जुन टेन्डर आह्वान गरिएको थियो त्यसमा प्रि–क्वालिफिकेसनबाट छनोट भएका पहिलो प्याकेजमा दुईवटा र दोस्रो प्याकेजमा एउटा मात्रै कम्पनी छनाेट भएको अवस्थामा प्रतिस्पर्धा हुन नसक्ने स्थिति पैदा भएको दोस्रो प्याकेज जुन छ त्यसलाई रद्द गरेर पुनः प्रि–क्वालिफिकेसन प्रक्रिया सुरु गर्नलाई निर्देशन दिने कुरा भयो ।’
यस्तै, समितिको बैठकले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि यथाशक्य छिटो निर्देशिकाहरू तयार गर्ने र मापदण्ड कार्यविधि तयार गरेर अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एण्ड कन्स्ट्रक्सनसँग सम्बन्धित डकुमेन्टहरू जारी गरेर अवरोध हटाउनसमेत निर्देशन दिएको छ ।
समिति सचिव पाण्डेले भने, ‘इपिसीसम्बन्धी जुन डकुमेन्टहरू बनाउनुपर्ने र सार्वजनिक खरिद संस्थाहरूलाई उपलब्ध बनाउनुपर्ने सार्वजनिक खरिद अनुगमन कार्यालय छ उसले डकुमेन्टहरू तयार नगरिदिँदाखेरि यी समस्याहरू आएको भन्ने रियलाइज भएको हुनाले समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि निर्देशन दिएको छ ।
ती डकुमेन्टहरू यथाशक्य छिटो निर्देशिकाहरू तयार गर्ने मापदण्ड कार्यविधि तयार गरेर इपिसीसम्बन्धी टेन्डर जुन हुन्छ अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ प्रोकुरमेन्ट एन्ड कन्स्ट्रक्सनसँग सम्बन्धित डकुमेन्टहरू जुन आवश्यक पर्ने ती कुराहरू जारी गरेर यस्तो अवरोधहरू हटाउने र विवादहरूलाई अन्त्य गर्ने कुरामा समितिले सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको छ ।’
नेपाली सेनाले दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सी सम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माणका लागि चीनको पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसनलाई मात्र प्रि–क्वालिफिकेसनमा छनोट गरेको थियो ।
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












