प्रधानमन्त्री ओलीको घोषणा : २०८१ को सुरुमै मेलम्चीमा याङग्री र लार्केको पानी थपिनेछ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची परियोजनामा याङग्री र लार्के खोलाको पानी थप्ने काम तीन वर्षभित्रै पुरा हुने बताएका छन्।
आज शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।
यो परियोजनाबाट अहिले साढे ८ करोड लिटर पानी काठमाडौंमा वितरण भइरहेको छ, यो परियोजनाको क्षमताअनुसार यसलाई १७ करोडसम्म पु¥याइनेछ,’ उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने।
अहिले मेलम्ची परियोजनामा मेलम्ची खोलाको मात्र पानी प्रयोग गरिएको छ।
त्यसमा याङग्री र लार्के खोलाको पानी समेत जोडेर १७ करोड पानी वितरण गरिने उनले बताए।
‘याङग्री र लार्केको पानी जोड्ने काम २०८१ साल सुरु हुँदा सम्पन्न गरिनेछ, आगामी तीन वर्षमा सकिनुपर्छ किनभने मुख्यरुपमा टनेलको काम सम्पन्न भएको छ, त्यसका लागि लामो समय प्रतिक्षा गर्नुपर्दैन,’ उनले भने।
त्यसका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए।
‘ढिलोमा पनि तीन वर्षभन्दा बढि लाग्नुहुँदैन किनभने मुख्य काम भइसकेको छ, अब पानी मिसाउने मात्र हो,’ उनले भने।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












