प्रधानमन्त्री ओलीको घोषणा : २०८१ को सुरुमै मेलम्चीमा याङग्री र लार्केको पानी थपिनेछ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची परियोजनामा याङग्री र लार्के खोलाको पानी थप्ने काम तीन वर्षभित्रै पुरा हुने बताएका छन्।
आज शुक्रबार मेलम्ची पानी वितरणको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।
यो परियोजनाबाट अहिले साढे ८ करोड लिटर पानी काठमाडौंमा वितरण भइरहेको छ, यो परियोजनाको क्षमताअनुसार यसलाई १७ करोडसम्म पु¥याइनेछ,’ उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने।
अहिले मेलम्ची परियोजनामा मेलम्ची खोलाको मात्र पानी प्रयोग गरिएको छ।
त्यसमा याङग्री र लार्के खोलाको पानी समेत जोडेर १७ करोड पानी वितरण गरिने उनले बताए।
‘याङग्री र लार्केको पानी जोड्ने काम २०८१ साल सुरु हुँदा सम्पन्न गरिनेछ, आगामी तीन वर्षमा सकिनुपर्छ किनभने मुख्यरुपमा टनेलको काम सम्पन्न भएको छ, त्यसका लागि लामो समय प्रतिक्षा गर्नुपर्दैन,’ उनले भने।
त्यसका लागि तदारुकताका साथ काम गर्न उनले मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिए।
‘ढिलोमा पनि तीन वर्षभन्दा बढि लाग्नुहुँदैन किनभने मुख्य काम भइसकेको छ, अब पानी मिसाउने मात्र हो,’ उनले भने।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











