भारत फेरि कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’
काठमाडाैँ । भारत फेरि एकपटक कोरोना भाइरस महामारीको विश्वकै ‘हटस्पट’ बनेको छ।
पछिल्ला दिनमा भारतमा संक्रमण दर अत्याधिक छ।
शनिबार एकै दिन भारतमा ९० हजार भन्दा बढिमा संक्रमण पुष्टि भयो भने पाँच सय भन्दा धेरैको मृत्यु भयो। हाल एकै दिन यति धेरैमा संक्रमण र मृत्यु विश्वकै धेरैमा पर्छ।
कोरोना संक्रमणको दैनिक संख्याका आधारमा शुक्रबारदेखि भारतले अमेरिका र ब्राजिललाई पछि पारेको छ। गएको शुक्रबार भारतमा झण्डै ६९ हजारमा संक्रमण पुष्टि भएको थियो भने ब्राजिलमा झण्डै ७२ हजार संक्रमित भएका थिए।
तर शनिबार अवस्था भारतमा थप भयानक भयो । ९० हजार भन्दा धेरै संक्रमित भए भारतमा। स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकै दिन संक्रमितको संख्या ९० हजार भन्दा धेरै गएको सेप्टेम्बर यता पहिलो पटक पुगेको हो।
कोरोनाका कारण हुने दैनिक मृत्युको संख्या पनि अहिले गएको नोभेम्बर–डिसेम्बर ताकाको जस्तो भएको छ। अहिलेसम्म ६४ हजार ११० भारतीयको कोभिड–१९ का कारण ज्यान गएको छ।
कुल संक्रमितको सूचिमा भारत तेस्रो स्थानमा छ। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतले संक्रमित संख्यामा कुनै पनि समय ब्राजिललाई पनि उछिन्न सक्ने छ।
अमेरिकामा अहिलेसम्म तीन करोड ६ लाख ७१ हजार चार, ब्राजिलमा एक करोड २९ लाख ५३ हजार ५९७ तथा भारतमा एक करोड २३ लाख ९२ हजार दुई सय पुगेको छ कुल संक्रमितको संख्या।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











