जसले चिनियाँ नागरिकको डेरामा लुटपाट मच्चाए
काठमाडौँ । प्रहरीले चिनियाँ नागरिकको डेरामा पसेर लुटपाट मच्चाउने चार जनालाई समातेको छ ।
सोमबार राती ९ बजे युन छियोमेनको ठमेलस्थित डेरामा लुटपाट गर्नेहरु आज आइतबार उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका हुन् ।
अनुहार छोपेका लुटेराहरूले ठमेल बस्ने युनको डेरामा पसेर निजकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश र पासाङलाई धारिलो हतियार देखाई नियन्त्रणमा लिएका थिए । त्यसपछि हातखुट्टा टेपले बाँधेर लुटपाट गरी फरार भएको महानगरीय प्रहरी कार्यलय काठमाण्डौंले जानकारी दिएको छ ।
पीडितका अनुसार उनीहरूले नगद २० लाख रुपैयाँ,सुनको तिलहरी १ थान,सुनको औंठी २ थान, बच्चाको सुनको बाला २ थान, सुनको बाला २ थान र कानको मुन्द्रा २ थान चोरेर भागेका थिए ।
प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका–६ स्थित शिवचोकबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका २८ वर्षीय फूलकाजी तामाङ,शिवचोकस्थित आफ्नै घरबाट २४ वर्षीय अमिर तामाङ,काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाबाट २८ वर्षीय बुद्ध तामाङ र शनिबार गोकर्णेश्वरबाटै २८ वर्षीय रोशन लामालाई पक्राउ गरेको परिसरका उपरिक्षक रमेशकुमार बस्नेतले बताए ।
प्रहरीले पक्राउ गरेका अभियुक्तको साथबाट नगद सात लाख बयान्नब्बे हजार पाँच सय रुपैयाँ, चिनियाँ युआन छ हजार एक सय सत्तरी,तिलहरी १ थान,बच्चाको सुनको बाला २ थान, मुन्द्रा २ थान, सुनको औंठी २ थान र हातमा लगाउने सुनको बाला १ थान बरामद गरेको छ ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












