मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावको तयारी
मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुदै
काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।
प्रदेशसभामा प्रस्ताव दर्ता गराउन कांग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाबीच गठबन्धनकाे प्रयास भइरहेको छ । त्यसका लागि कांग्रेसले आन्तरिक छलफल तीव्र पारेको छ ।
विपक्षी दलहरूबीच सहमति जुटेको अवस्थामा कांग्रेसको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता हुने बताइएकाे छ ।
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न विपक्षी दलहरूबीच अनौपचारिक छलफल तीव्र पारिएका छन् । टुंगो लागि नसकेको भए पनि एक हप्ताभित्रै अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको कांग्रेस स्रोतले बतायाे ।
माओवादी केन्द्र, जसपा र जनमोर्चाको समर्थनमा मुख्यमन्त्री कांग्रेसले पाउने सहमतिअनुसार अविश्वास प्रस्ताव दर्ता हुन लागेको हो ।
लुम्बिनीको प्रदेशसभा ८७ सदस्यीय छ । त्यसमा ४१ जना सांसद एमालेका हुन् । बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ । लुम्बिनी प्रदेशमा माओवादी दोस्रो दलको रूपमा छ । माओवादीसँग २० सांसद छन् भने तेस्रो ठूलो दल कांग्रेससँग १९ सांसद छन् । जसपाका ६ र जनमोर्चाका १ जना सांसद छन् ।
गठबन्धन सफल भएमा एमालेविरुद्ध ४६ सांसद एकठाउँ हुनेछन् । यसाे भएमा मुख्यमन्त्री अल्पमतमा पर्नेछन् । तर, अहिले माओवादी केन्द्रका दुईजना सांसदको पद खारेजी प्रक्रियामा छ । माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका कारण सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीको सांसद पद जाेखिममा छ ।
यसले मुख्यमन्त्री पोखरेलविरुद्धको समीकरणका लागि केही समस्या भने पार्ने छ । त्यसबाहेक एमालेभित्रै माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदको भूमिका पनि पोखरेलको पद जोगाउने वा हटाउनेमा महत्त्वपूर्ण हुनेछ । लुम्बिनीमा खनाल-नेपाल समूहमा दुई सांसद छन् ।
एमालेले माओवादी नेतृत्वकाे कर्णाली प्रदेश सरकार ढाल्ने तयारी गरेपछि माओवादी लुम्बिनी प्रदेश ढाल्न लागिपरेकाे हाे । त्यसका कांग्रेस सहमत भएको हो । मुख्यमन्त्री पोखरेललाई विपक्षी गठबन्धनले हटाएमा प्रधानमन्त्री केपी ओलीका लागि त्याे ठूलो धक्का हुनेछ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












