नेपाल-खनाल समूहले बागमती प्रदेशमा समानन्तर कमिटी गठन गर्दै
काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समूहले आज बागमती प्रदेशमा समानान्तर कमिटी घोषणा गर्ने भएको छ।
खनाल नेपाल समूह बागमती प्रदेशको स्थायी कमिटि बैठकबाट समानान्तर कमिटी घोषणा गर्ने पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्।
बैठक विहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आएको खनाल नेपाल समूहले ओलीको कारबाहीका बाबजुद समानान्तर कमिटी घोषणा गर्दै आएको छ।
दुई दिन अघि खनाल नेपाल समूहले काठमाडौं जिल्ला कमिटी घोषणा गरेको थियो । यस्तै गण्डकी प्रदेशमा पनि समानान्तर कमिटी गठन गरिसकेको छ। अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई कारबाही गरेपछि नेपाल खनाल समूह रुष्ट छ। ओलीले नेपाल खनाल समूहका सवै प्रदेश इन्चार्जलाई बखास्त गरेर आफू पक्षकालाई जिम्मेवारी दिएका छन्।
नेपाल–खनाल समूहले संगठन सुदृढिकरण अभियान चलाउने तयारी पनि गरेको छ। आगामी बैशाखदेखि अभियान सुरु गर्ने तयारी भएको र आजको बैठकमा थप छलफल हुने नेतृ शाक्यले जानकारी दिइन्।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












