स्वास्थ्य मापदण्ड अपनाउँदै उपनिर्वाचन कार्यतालिका अनुरुप नै हुन्छ: प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गतेका लागि तय भएको राष्ट्रिय सभा उपनिर्वाचनको कार्यतालिका अनुरुप नै तयारी भइरहेको जनाएको छ ।
उपनिर्वाचनका लागि आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार वैशाख २१ गते मतदाता नामावली प्रकाशन, २१ गते नै दावी विरोधका लागि उजुरी दिने,२४ गते उम्मेदवारी मनोनयन गर्ने लगायतका कार्यक्रम छन् ।
तर, काठमाडौं उपत्यकामा कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि २२ गतेसम्म जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मन्त्रिपरिषद्ले १५ दिनसम्म निषेधाज्ञा लगाउन पाउने अख्तियारी जिल्ला प्रशासनलाई दिएको छ ।
तथापी, राष्ट्रिय सभामा रिक्त पदको उपनिर्वाचन ३५ दिनभित्र गर्नुपर्ने व्यवस्थाका कारण तोकिएकै मितिमा निर्वाचन गर्ने तयारी गरिरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
“रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न गर्नैपर्ने ऐनको व्यवस्था छ । सोही अनुसार मिति तोक्नका निम्ति सरकारलाई आयोगले परामर्श दिएको र मिति तोकिएका हुनाले कानुनी रुपमा निर्वाचन सार्न सक्ने अवस्था छैन,” थपलिया भन्छन्, ” पूर्ण सतर्कताका साथ स्वास्थ्य मापदण्डको पालना गर्दै निर्वाचन सोही मितिमा सम्पन्न गर्नेगरी आयोगले आवश्यक तयारी गरिरहेको छ । त्यही कुरा सबैलाई अनुरोध पनि गरिएको छ ।”
आयोगले हाल निर्वाचनको आचारसंहिता तयार गरिरेहेको उनले बताए ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा राष्ट्रिय सभा सांसद पद रिक्त भएको थियो । बादल वैशाख ५ गते सांसदबाट पदमुक्त भएका थिए ।
वाग्मती प्रदेशमा हुने उक्त निर्वाचनका लागि प्रदेशका ११० र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २३८ गरी कूल ३४८ मतदाता छन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












