आन्तरिक उडान बन्द गर्न सरकारलाई सिसिएमसीकाे सिफारिस, मन्त्रीपरिषदले निर्णय गर्ने
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
सिसिएमसीको शुक्रबारको बैठकले सो सिफारिस गरेको हो। मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन्। मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ।
मन्त्री ढकालले भने, ‘सिसिएमसीले सिफारिस गरेको छ । सुझावसहित आन्तरिक उडान बन्द गर्नु पर्ने सो सिफारिसमाथि मन्त्रीपरिषदमा छलफल भइ निर्णय हुनेछ ।’
काठमाडौँ उपत्यकामा गएको बिहीबारदेखि निषेधाज्ञा लागु भएको छ। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने सुचारु छ।
विमानस्थलमा यात्रुको चाप हुँदा संक्रमणको जोखिम बढेको विज्ञले बताइरहेका बेला सिसिएमसीले आन्तरिक उडान पनि रोक्न सरकारलाई सिफारिस गरेको हो।
Comments
अरु समाचार
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...












