आन्तरिक उडान बन्द गर्न सरकारलाई सिसिएमसीकाे सिफारिस, मन्त्रीपरिषदले निर्णय गर्ने
काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले आन्तरिक उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गएकाले जोखिम कम गर्नका लागि आन्तरिक उडान बन्द गरिनु पर्ने सुझावसहितको सिफारिस सिसिएमसीले गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्।
सिसिएमसीको शुक्रबारको बैठकले सो सिफारिस गरेको हो। मन्त्रीपरिषदमा सो सिफारिसमाथि छलफल हुने मन्त्री ढकालले जानकारी दिएका छन्। मन्त्रीपरिषदको बैठक आइतबार बस्ने सम्भावना छ।
मन्त्री ढकालले भने, ‘सिसिएमसीले सिफारिस गरेको छ । सुझावसहित आन्तरिक उडान बन्द गर्नु पर्ने सो सिफारिसमाथि मन्त्रीपरिषदमा छलफल भइ निर्णय हुनेछ ।’
काठमाडौँ उपत्यकामा गएको बिहीबारदेखि निषेधाज्ञा लागु भएको छ। सार्वजनिक यातायातमा रोक लगाइए पनि आन्तरिक उडान भने सुचारु छ।
विमानस्थलमा यात्रुको चाप हुँदा संक्रमणको जोखिम बढेको विज्ञले बताइरहेका बेला सिसिएमसीले आन्तरिक उडान पनि रोक्न सरकारलाई सिफारिस गरेको हो।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












