काठमाडौंमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गराउन सिडिओ आफैं निस्किए
काठमाडाैँ । काठमाडौं प्रशासनले जारी निषेधाज्ञालाई थप कडा पारेको छ।
शुक्रबार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
सो निर्णयपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैं अनुगमनमा निस्केका छन्।
शनिबार सशस्त्र प्रहरी, नेपाल प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसाथ पराजुली अनुगमनमा निस्केका हुन्।
‘अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किनुस् भन्ने हाम्रो अनुरोध छ,’ रिजालले भने, ‘निस्केको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने गरिएको छ।’
सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताए।
प्रशासनले खोल्न पाइने र नपाइने पसल, खाद्यान्न, डिपार्टमेन्ट स्टोरबारे तोकिसकेकाले त्यसलाई पालना गर्नुपर्ने पराजुलीले बताए।
अनुगमन साथै टोली अस्पताल तथा खाली भवनहरूको खोजीमा लागेको छ। कम्तीमा एक हजार बेडको अक्सिजनसहितको आइसोलेसन बेड चाहिने भएकाले टोली खोजीमा लागेको हो।
‘अहिले अस्पतालको संख्या बढाउनुपर्ने अवस्था छ, कुन अस्पताल वा कुन ठाउँमा खाली भवन छन् खोजिरहेका छौं,’ अनुगमनमा निस्केका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने।
क्षेत्रपाटी, कालिकास्थान, वीर अस्पताललगायत ठाउँमा टोली पुगिसकेको छ। क्षेत्रपाटीको ५० बेडको अस्पताल बनाउन भवन भेटिएको प्रजिअ पराजुलीले बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएको छ। त्यसका लागि ठाउँहरू खोजी भइहरेको छ।
यस्तै, मृत्युदर बढिरहेकाले शव व्यवस्थापन, जलाउने स्थानको व्यवस्थाका लागि पशुपति क्षेत्र विकास कोषलाई अनुरोध गरिएको छ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












