भारतसहित १० देशमा अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सिसिएमसीको सिफारिस
काठमाडाैँ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना संक्रमित १० देश र नेपालबीच हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरेको छ।
सिसिएमसीको शुक्रबार बसेको बैडठकले कोरोना प्रभावित मुलुक भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडान नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।
बैठकले आन्तरिक उडान पनि बन्द गर्न प्रस्ताव गरेको सिसिएमसीका सदस्य स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले बताए।
परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको उनले बताए।
‘सिसिएमसीमा छलफल हुँदा हाल अतिप्रभावित देशमा उडान स्थगित गर्नुपर्ने सल्लाह आएकोले सिफारिस गरिएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’
बैठकले आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको उनले बताए।
बैठकले भारतसँग जोडिएका २२ वटा सीमा नाका बन्द गर्न पनि सिफारिस गरेको उनले बताए।
Comments
अरु समाचार
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...












