काठमाडौं उपत्यकामा कडाइसाथ थप एक साता निषेधाज्ञा लम्ब्याइने
काठमाडाैँ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ।
यसबारे आवश्यक गृहकार्य भइरहेको प्रशासनले जनाएको छ। आवश्यक निर्णय लिन काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्दैछन्।
तीन जिल्लामा निषेधाज्ञाको समय २२ गते राति १२ बजेसम्म छ। त्यसको पूर्वसन्ध्यामा बैठक बसी निषेधाज्ञाको समय लम्ब्याउने योजना रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
‘निषेधाज्ञा थप एक साता लम्ब्याउने विषयमा कुनै दुविधा रहेन, थप व्यवस्थित र कडाइसाथ कसरी जाने विषय छलफलबाट निर्णय लिन्छौं,’ पराजुलीले भने।
निषेधाज्ञाको मोडालिटी उस्तै भए पनि त्यसमा आवश्यक परिमार्जन र कडाइ आवश्यक देखिएको बुझाइ प्रशासनको छ।
कोरोना संक्रमणको अवस्थालाई हेर्दा निषेधाज्ञा थप कडा पार्नुपर्ने देखिएको पराजुलीले बताए।
निषेधाज्ञा कडाइ गरिए पनि उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार परिस्थिति अनुसार प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउन सक्ने प्रावधान छ।
निषेधाज्ञाको निरन्तरतासँगै प्रशासन र स्थानीय निकायको समन्वयमा अस्पताल विस्तार, क्षमता वृद्धिमा काम गरिरहेका छन्।
प्रजिअ पराजुलीका अनुसार सामाखुसीको राधास्वामी भवनमा दुई सय बेडको आइसोलेसन बनिरहेको छ। सय बेडको जनमैत्री अस्पताललाई विस्तार गरी तीन सय बेड पुर्याउने गृहकार्य भइरहेको छ।
यस्तै, कीर्तिपुरको आयुर्वेद अस्पतालमा तत्कालै २५ बेड थप्ने र क्रमश: ५० बेड थप्नका लागि साधनस्रोतको व्यवस्थापन गरिने छ।
यसैगरी, वीर अस्पतालको नयाँ भवनमा ५ सय बेडको अस्पताल स्थापना गर्न काठमाडौं महानगरपालिका र स्वास्थ्य मन्त्रालयले गृहकार्य गरिरहेको पराजुलीले बताए। सतुंगलमा ३ सय बेडको आइसोलेसन बनाउने, गोर्खा अस्पतालमा बेड बढाउने, नेशनल मेडिकल कलेजको कालिकास्थानस्थित भवनमा अस्पताल बनाउनेबारे पनि महानगर र स्वास्थ्य मन्त्रालयले काम गरिरहेको उनले बताए।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...












