नेपालको कोरोना महामारी अवस्थाप्रति चीनद्वारा चिन्ता व्यक्त, सहयोग गर्न तयार
एजेन्सि । नेपालमा फैलिएको कोभिड-१९ महामारीविरूद्धको लडाईमा चीनले सक्दो सहयोग गर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
प्रवक्ता वनपिनले नेपाल चीन मैत्रीपूर्ण छिमेकी तथा रणनीतिक साझेदार भएको र चिनियाँ पक्षले नेपालमा महामारीको गम्भीर अवस्थाको चुनौती महसुस गरेको र यथासक्य सहयोग पुर्याउन तत्पर रहेको उल्लेख गरेका हुन् । चीनले नेपालको कोभिड-१९ महामारीविरूद्धको लडाइँमा नेपाललाई निरन्तर रूपमा सक्दो सहयोग पुर्याउन प्रयास गर्ने पनि बताएका छन्, उनले भने ।
उनले नेपाललाई महामारीविरूद्धका लागि आवश्यक सामग्रीको नयाँ खेप आपूर्ति गराउने बताउँदै ती सामग्रीहरू सङ्कलन गरी चाँडोभन्दा चाँडो नेपाली साथीका लागि पठाउने पनि बताए । उनले यसरी निपोआर फङ्ग्यो अर्थात् नेपाली साथी भनेर नै सम्बोधन गरेका थिए । उनले भने, हामी विश्वास गर्दछौँ कि नेपाल सरकारको नेतृत्व र सबै दलको संयुक्त प्रयासबाट नेपाली जनताले चाँडै नै महामारीलाई जित्न सक्ने छन् र सामान्य जीवनयापन तर्फ छिटै फर्कने छन् ।
चाहे महाभूकम्प होस् या महामारी चीन सदा नेपालप्रति चिन्तित देखिन्छ र नेपाललाई सदा सहयोग गर्न तत्पर छ । आजको सम्मेनलमा प्रवक्ता वनपिनले यसरी नेपाललाई सम्बोधन गर्नु यसैको उदाहरण हो । यो घोषणा र सम्बोधनले फेरि पनि चीन नेपालको सदाबहार छिमेकी मित्र राष्ट्र भएको प्रमाणित हुन्छ । महामारी भए देखि नै नेपाललाई सक्दो सहयोग गर्दै आएको चीनले आठ लाख डोज खोप अनुदान स्वरूप सहयोग गरिसकेको छ ।
प्रवक्ता वनपिनले उक्त पत्रकार सम्मेलनमा हालसालै महामारीलाई परास्त गर्ने सम्बन्धमा चिनियाँ विदेश मन्त्रीले आयोजना गरेको भिडियो सम्मेलनमा नेपाली परराष्ट्र मन्त्रीसँग नेपाललाई महामारीविरूद्ध नयाँ खेपको सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको पनि उल्लेख गरे । नेपालमा महामारी भयावह बन्दै गएको अवस्थामा चीन यसरी समर्थनमा उभिइनु नेपालको लागि यो एउटा ठूलो सहारा र समर्थन हो ।
यसबाहेक, चिनियाँ मिडियाले पनि पनि नेपाल अर्को भारत बन्ने अवस्थामा रहेको विषयलाई खुबै चासो दिएका छन् र चिन्तित पनि छन् । महामारीको अवस्थामा सगरमाथामा पर्वतारोहण खुला गरिएको विषय होस् या हालै मात्र १७ जना सगरमाथा आरोही सङ्क्रमित देखिएको समाचारलाई पनि मिडियाहरूले विशेष प्राथमिकता दिएका थिए । यसका साथै चिनियाँ स्थानीय सरकार र समाजका सबै क्षेत्रले पनि सक्रिय रूपमा नेपाललाई तत्काल आवश्यक पर्ने स्वास्थ्य आपूर्ति सहयोग गरिरहेका छन् ।
Comments
अरु समाचार
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...
-
आमनेसामने वार्ता गर्न जेलेन्स्कीले पुटिनलाई राखे प्रस्ताव
किभ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव...
-
हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदानप्रदानमा समेत रोक
काठमाण्डौ। इरान र उसका सहयोगीहरूले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा रोक्ने भएका छन् । इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई पूर्ण रूपमा...











