छिङहाई प्रान्तका सबै जिल्ला गरिबबाट मुक्त
एजेन्सि । अप्रिल२१ तारिख छिङहाई प्रान्तीय माछिङ जिल्ला लगायत १७वटा गरिबीग्रस्त जिल्लाले गरिबीको दर्जा हटाएका छन्। जसबाट छिङहाई प्रान्तका सबै जिल्ला गरिबबाट मुक्त भएका छन्।
श्रेष्ठ उद्योगको विकास छिङहाई प्रान्तले गरिबी निवारण गर्ने मुख्य तरिका हो। उदाहरणका लागि छिङहाई प्रान्तीय माछिङ जिल्लाको ओख गाउँले पर्यावरणीय पशुपालन सहकारीको स्थापना गरेको छ। जसरी सामूहिक तथा प्रभावकारी पशुपालनले याकको उत्पादन दर र भाउ धेरै बढेको छ। त्यसपछि सहकारीले याकहरूलाई प्रान्तका अरू क्षेत्रमा पुर्याएर बिक्री गरेको छ।
याक र घाँसे मैदानको व्यवस्थापनको जिम्मा सहकारीलाई दिनुका साथै आफूले बाहिर गएर काम गर्नसक्ने कुरा पहिलेको गरिब गाउँले ज्ञासाङ डोट्रेले बताउनुभयो।
आम्दानी बढेर यस वर्ष ज्ञासाङ डोट्रे गरिबीबाट मुक्त हुनुभयो। छिङहाई प्रान्तमा ज्ञासाङ डोट्रेजस्तै गरिबी निवारणलाई सहयोग गर्नका लागि प्रान्तले ६० प्रतिशत गरिबी पूँजीलाई याक, जौ, जातीय हस्तकला आदि विशेषतायुक्त उद्योगमा लगाएको छ। जसले पर्यावरणको सुरक्षा तथा विपन्नता उन्मूलनको साझा विकास गर्ने नयाँ मार्ग पत्ता लगाएको छ। छिङहाई प्रान्तीय गरिबी उन्मूलन तथा विकास व्यूरोका प्रमुख मा फङशङले यसरी चर्चा गर्नुभयो-
महासचिव सी चिनफिङले जोड दिनुभयो- सम्पन्न समाजको चौतर्फी निर्माण गर्न कुनै जाति पनि छुट्नु हुँदैन, कुनै एकजना मान्छे छुट्नु हुँदैन। समुदायको प्रयासमा प्रान्तका सबै ४२वटा गरिबीग्रस्त जिल्लाले गरिबी हटाएका छन्।
अप्रिल २१ तारिखसम्म चीनका हपै, वल्लो शानसी, भित्री मंगोलिया, चिलिन, हैलुङच्याङ, हनान, हुनान, हाईनान, छोङछिङ, तिब्बत, पल्लो शानसी र छिङहाईलगायत १२ प्रान्त, प्रदेश तथा स्वशासित शहरका गरिब जिल्लाले विपन्नता उन्मूलन गरेका छन्। चिनियाँ राज्य परिषदको गरिबी निवारण कार्यालयका उपप्रमुख स्या कङशङले यसरी जानकारी दिनुभयो-
“हाम्रो देशमा ८ सय ३२ गरिब जिल्ला छन्। हालसम्म कुल ७ सय ३वटा जिल्ला गरिबीबाट मुक्त भएका छन्। हाम्रो जाँच-परीक्षण तथा तेस्रो पक्षको मूल्यांकन तथा स्थलगत जाँचद्वारा गरिबी उन्मूलन भएको गुणस्तर राम्रो छ। यद्यपि गरिबीबाट मुक्त भए तापनि यो गरिबी उन्मूलनको अन्त्य होइन। महासचिव सीबाट प्रस्तुत मार्गका अनुसार, गरिबी उन्मूलनको उपलब्धिलाई दृढ पार्नुका साथै गरिबी उन्मूलन युद्धमा चौतर्फी रूपमा जित्नका लागि प्रत्याभूति दिनुपर्छ।”

Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












