कालंगा हाइड्रोले दियो १० सिलिण्डर अक्सिजन जिल्ला अस्पताल बझाङ र बुङ्गल नगरपालिकालाई
बझाङ । कालंगा हाइड्रोले बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर दिएको छ । देशभर अक्सिजन अभावले संक्रमितले धमाधम ज्यान गुमाइरहेका बेला बझाङमा निर्माणाधिन कालंगा हाइड्रो प्रा.लि.ले जिल्ला अस्पताल र बुङ्गल नगरपालिकालाई १० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो । हाइड्रोले ७ हजार लिटर अक्सिजन क्षमताका ८ वटा सिलिण्डर जिल्ला अस्पताललाई र २ वडा सिलिण्डर बुङ्गल नगरपालिकाले निर्माण गरेको त्रिवेणी आदर्श क्याम्पसमा बनाइएको आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरेको मेकानिकल इन्जिनियर तथा प्रोजेन्ट इन्चार्ज गणेश अधिकारीले बताउनुभयो ।
कोरोना महामारी बढ्दै गएका बेला जिल्लामा कोरोना संक्रमितहरुलाई अक्सिजनको समस्या हुने भएकाले कालंगा हाइड्रोले परियोजना निर्माणका लागि राखिएका सिलिण्डरहरु जिल्लाका स्वास्थ्य संस्था र आइसोलेसनलाई सहयोग गरेको बताएको छ ।
हाइड्रोले सहयोग गरेका १० वटा सिलिण्डरबाट ७० हजार लिटर अक्सिजनको व्यवस्थापन हुने र स्वास्थ्य संस्थामा रहेका अक्सिजन वितरण गर्न उपकरणका आधारमा एउटै सिलिण्डरबाट एक जनाभन्दा बढीलाई अक्सिजन दिन मिल्ने प्रोजेक्ट इन्चार्ज अधिकारीले बताए।
यस्तै अहिले बुङ्गल नगरपालिकामा कोरोना संक्रमितको संख्या ३४ पुगेको छ । नगरपालिकाले निर्माण गरेको कफलसेरी कोभिड अस्पतालमा १७ जना उपचार गराइरहेका छन् भने त्रिवेणी आदर्श क्याम्पसको आइसोलेसनमा ११ जना र होम आइसोलेसनमा ६ जना रहेको बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा सहसंयोजक बसन्तराज जोशीले बताउनुभयो । संक्रमित हुनेमा बुङ्गल नगरपालिकामा कार्यरत ६ जना स्वास्थ्यकर्मी, एक जना पत्रकार र अन्य २७ जना सर्वसाधारणहरुलाई कोरोना संक्रमण देखिएको जोशीले बताए । संक्रमित १ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल बझाङ रेफर गरिएको छ भने अन्य ३३ जनाको अवस्था सामान्य रहेको छ ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












