निषेधाज्ञालाई थप कडाई गर्न सबै सिडीयोलाई गृहको सर्कुलर
काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञालाई कडाई पूर्वक पालना गराउन सबै प्रमुख जिल्ला अधिकारीहरुलाई परिपत्र गरेको छ । शनिवार सबै प्रजिअलाई कोभिड नियन्त्रणका लागी ‘निषेध आदेशलाई कडाइका साथ कार्यान्वयन गर्न’ सर्कुलर गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) जनकराज दाहालले बताए ।
सरकारले हालै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ जारी गरेको थियो । सो अध्यादेश अनुसार प्रमुख जिल्ला अधिकारीको आदेश नमानेर अनावश्यक रुपमा हिँडडुल गर्नेलाई जरिवाना हुने व्यवस्था छ ।
कोभिड–१९ संक्रमण बढेको तर निषेध आदेश उल्लंघन भइरहेको गृह मन्त्रालयको निष्कर्ष छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई पनि संकेत गरेर गृह मन्त्रालयले भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीलाई लिखित निर्देशन दिएको छ ।
‘भिडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको छ’ गृह प्रवक्ता दाहालले भने–‘अध्यादेश पनि जारी भएको हुनाले सो अध्यादेशअनुसार कार्यान्वयन गर्न परिपत्र गरेका छौं ।’ गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले शनिवार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर भिडभाड हुन नदिन निर्देशन दिएका थिए ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











