काठमाडौं उपत्यकामा एक साता लम्बियो निषेधाज्ञा : खाद्यान्न र तरकारी पसल पनि बन्द
काठमाडौं । काठमाडौं उपत्यकामा एकसाता निषेधाज्ञा लम्बिएको छ । उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले थप एकसाता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्न र तरकारी पसल पनि एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।
‘‘उपत्यकावासीले एक हप्ताका लागि खाद्यान्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भने, ‘‘खाद्यान्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइकासाथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।”
सागसब्जी दुध माछामासुका पसल भने बिहान ९ बजेसम्म खोल्न दिइने छ ।
प्रजिअ पराजुलीले एकसाताको निषेधाज्ञामा खाद्यान्न पसल र तरकारी पसल सबै बन्द गरेर छिट्टै काठमाडौं उपत्यकावासीलाई सहज जीवनशैलीमा फर्काउन यस्तो निर्णय गरेको जानकारी दिए । यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।
काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा जेठ १३ गते सकिँदैछ । निषेधाज्ञाको समयमा पनि मानिसको आवतजावत र भिडभाड कम नभएको भन्दै अब थपिएको एक साताको निषेधाज्ञा भने थप कडाइ गरिने तीन वटै प्रमुख जिल्ला अधिकारीको निर्णय रहेको छ ।
देशभर दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिरहेका छन् । काठमाडौं उपत्यकामा मात्र दैनिक २५ सय भन्दा बढी संक्रमित थपिरहेका छन् ।
नेपाल सरकारद्वारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ ।
पहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि निषेधाज्ञाको खुकुलो भएकै कारण निषेधाज्ञामा पनि संक्रमण नरोकिएको भन्दै सूचना जारी गरेको थियो ।
अबको एकसातासम्मका लागि उपत्यकाका तीनओटै जिल्ला प्रशासन कार्यालयले खाद्यान्न तरकारी पुग्ने गरी किनेर राख्न सबैमा अपिल गरेको छ ।
अहिले बिहान ७ देखि १० बजेसम्म तरकारी तथा खाद्यान्न पसल खोल्न र किनबेच गर्न दिइएको छ । अब अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने बताइएकाे छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












