पूर्वमन्त्री पुनले पठाए जिल्ला अस्पताल रुकुम पुर्व र दुई गाउँपालिकाका लागि अक्सिजन कन्सन्ट्रेटर
काठमाडाैं । रुकुम पूर्वका लागि ६ वटा अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ ।
जिल्ला अस्पताल रुकुम पूर्वका लागि २, सिस्ने गाउँपालिकाकाका लागि २ र भूमे गाउँपालिकाका लागि २ वटा गरेर ६ वटा अक्सिजन कन्सन्ट्रेटर पठाइएको हो ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गणेशमान पुनको पहलमा जिल्ला अस्पताल र दुई गाउँपालिकाका लागि अक्सिजन कन्सन्ट्रेटर पठाइएको हो ।
कोरोना संक्रमण तीब्र गतिमा रुकुम पूर्वमा समेत फैलिरहेको छ भने, कोरोनासंग मिल्दोजुल्दो लक्षणसहितका बिरामी समेत थपिदै गएका छन् ।
सिस्ने र भूमे गाउँपालिकाले अक्सिजन कन्सन्ट्रेटर आफ्नै आर्थिक स्रोतमा खरिद गरेपनि जिल्ला अस्पताल रुकुम पूर्वले भने १ वटा मात्रै खरिद गर्न सकिने जनाएपछि थप अर्को कन्सन्ट्रेटरका लागि तत्काललाई नेता पुनको रोहबरमा पठाइएको हो ।
रुकुम पूर्वका लागि पठाइएका अक्सिजन कन्सन्ट्रेटर १० लिटर क्षमताका रहेका छन् । चिकित्सक तथा विज्ञसँगको सुझाव तथा सल्लाहमा कोरोना संक्रमितका लागि १० लिटर क्षमताको कन्सन्ट्रेटर पठाइएको हो । कन्सन्ट्रेटर एकदुई दिनमै जिल्ला पुग्नेछन् ।
यस्तै, जिल्ला अस्पतालका लागि पठाइएको एक कन्सन्ट्रेटरका लागि रुकुम पूर्वका विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग आर्थिक रकम जुटाइने भएको छ।
भक्त केसी, टिकाराम खड्का, विकास खड्का, संगम मंगोलियन, शुशिल खड्का, तारक खड्कालगायतका युवाहरुले आर्थिक संकलन अभियान थाल्ने तयारी गरेका छन् । उनीहरुले जिल्लाका लागि आवश्यक स्वास्थ्य सामाग्री तथा अक्सिजन कन्सन्ट्रेटर खरिदमा सहयोग गर्ने गरेर गृहकार्य अगाडी बढाएको अभियान्ता भक्त केसीले जनाए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












