‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलासमै जवाफ दिने तयारी
काठमाडौं । कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासमै जवाफ दिने तयारी गरेका छन् ।
संवैधानिक इजलासमा सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको थियो । आज पूरानै इजलास तोकिएको छ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार प्रश्न उठेका दुई न्यायाधीशले सोमबारको छलफलमा मंगलबार नै इजलासमै जवाफ दिने बताएका थिए ।
उनीहरु दुईजनाका विषयमा कानुनविदहरुले लगातार प्रश्न उठाएका थिए । शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो ।
केसी यसअघि पनि संसद् विघटन सम्बन्धी मुद्दाको सुनुवाइमा बसेको र श्रेष्ठले नेकपा फुटाउने आदेश दिएको हुँदा अहिलेको मुद्दा जोडिएको भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएका थिए ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा चारजना न्यायाधीशसँग छलफल गरेको सर्वोच्च स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई ‘आफैँ निर्णय गर्न’ भनेका थिए ।
तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले ‘बाहिरिँदा राम्रो हुने’ सुझाव दिएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार रोष्टरमा रहेका १३ न्यायाधीशमध्ये प्रधानन्यायाधीश राणा, केसी र श्रेष्ठबाहेकका न्यायाधीश पनि सोमबार छुट्टै छलफल गरेका थिए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












