प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको फुल कोर्ट
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् ।
सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले शुक्रबारका लागि ‘फुल कोर्ट’को बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठक गत जेठ १३ गते नै तय भएको थियो ।
जेठ १३ गते बसेको फुल कोर्टको बैठकले कोरोना भाइरस कोभिड–१९ को महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गतेसम्मका लागि संकुचन गरेको थियो ।
‘सर्वोच्चले काममा गरेको संकुचनका विषयमा फुल कोर्टको बैठकमा छलफल हुन्छ । यसका अलावा विविध विषय पनि छ’ ढकालले भने ।
विविध विषयमा संवैधानिक इजलास गठनलगायतका विषयमा समेत छलफल हुन सक्ने ढकालले बताए ।
‘न्यायाधीशहरुले विविधमा आफ्ना कुरा राख्न सक्नुहुन्छ । प्रधानन्यायधीशले पनि उठाउन सक्नुहुन्छ । आवश्यक लागेमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनका विषयमा समेत छलफल हुन सक्छ’ उनले भने ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा हेर्न गठित संवैधनिक इजालसमा तोकिएका दुई जना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले २३ गते अर्को इजलास तोकेका छन् ।
सोही दिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीहरुबीच वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न संवैधानिक इजलाससम्बन्धी नियमावली नै परिर्वतन गरेर जाने सहमति जुटेको थियो ।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












