नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु अहिलेको आवश्यकता: माधव नेपाल
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले किसानको अधिकार सुनिश्चित गरी नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्नु पर्ने बताएका छन्।
धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले यस्तो बताएका हुन्। ‘असार महिनालाई ‘मानो रोपेर मुरी उब्जाउने’ महिनाको रूपमा लिने गरिन्छ। नेपालको प्रमुख खाद्य बाली धान नेपालको इतिहास, सभ्यता, संस्कृति र जीवनयापनको अभिन्न अंग रहेकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको विशिष्ट महत्व छ। किसान अधिकार सुनिश्चित गर्ने, नयाँ पुस्तालाई कृषिप्रति आकर्षित गर्ने, कृषिमा आधुनिकीकरण गर्दै निर्वाहमुखी अवस्थाबाट व्यावसायिक उत्पादन तर्फ अघि बढ्नु अहिलेको आवश्यकता हो।’ भनेका छन्।
त्यस्तै नेता नेपालले समयमै मल बिउ उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘समयमै मल बिउ उपलब्ध गराउने, राहत, सहुलियत र अनुदान उपलब्ध गराउने जस्ता किसानहरुले उठाउँदै आएका मागहरु सम्बोधन गर्दै कृषि क्षेत्रको रुपान्तरणका लागि हामी सवैको सार्थक पहल आवश्यक छ।’
Comments
अरु समाचार
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...












