प्रधानमन्त्रीद्वारा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ लगायत विभिन्न राष्ट्रिय पुरस्कारबाट आज स्रष्टा र व्यक्तित्वलाई पुरस्कृत गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा जनही रु एक लाख राशिका ‘भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार’, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार’, ‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ आदि पुरस्कार प्रदान गरेका हुन् ।
ती पुरस्कार चयनका लागि गठित विभिन्न चयन समितिको सिफारिसका आधारमा गत वैशाख ५ गते पुरस्कार पाउने प्रतिभा घोषणा गरिएको थियो । महाकवि देवकोटा पुरस्कार साहित्यका विभिन्न विधामा गरी पाँच स्रष्टालाई तथा प्रदेशगत आधारमा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, २०७७ बाट विभिन्न विधामा स्रष्टालाई पुरस्कृत गरिएको थियो । सर्वजीत मानव मर्यादा राष्ट्रिय पुरस्कार’ पुरनसिंह दयाल, बैतडी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जागरण मिडिया सेन्टरलाई प्रदान गरियो ।
‘गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार’ प्राडा देवीप्रसाद सुवेदी, लमजुङ र स्नेह सायमी, काठमाडौँलाई दिइयो । महाकवि देवकोटा राष्ट्रिय पुरस्कार त्रिलोचन आचार्य, ठाकुरप्रसाद पराजुली, रामभरोस कापडी भ्रमर, बुँद राना र मोहन दुवाललाई प्रदान गरियो ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











