महान्यायाधिवक्ता खातीले सर्वोच्चमा लिए शपथ
काठमाडाै । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उनलाई शुक्रबार दिउँसो शपथ गराएका हुन्।
महान्यायाधिवक्तालाई पहिलोपटक सर्वोच्चमा शपथ गराइएको हो।
यसअघिका महान्यायाधिवक्ताले राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालयमा शपथ लिए पनि यसपटक राष्ट्रपतिले नमान्दा सर्वोच्चमै शपथको व्यवस्था गरिएको हो।
यसअघि महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशबाट शपथ लिने परम्परा थियो।
तर कानुनी रुपमा प्रधानन्यायाधीससँगै शपथ लिने व्यवस्था रहेकाले अबदेखि राष्ट्रपतिबाट शपथ लिनेबाहेकले शीतलनिवासमा शपथ नगर्ने बताएपछि सर्वोच्चमै शपथ गराइएको हो।
यसअघि केपी ओली प्रधानमन्त्री हुँदाका दुवै महान्यायाधिवक्ताले राष्ट्रपति कार्यालयमै शपथ लिएका थिए।
गत चैतमा नियुक्त भएको महान्यायाधिवक्ता रमेश बडालले र त्यसअघि अग्नि खरेलले पनि राष्ट्रपति कार्यालयमा शपथ भएको थियो।
यसपटक भने विगतको परम्परा तोड्दै राष्ट्रपति कार्यालयले सर्वोच्चमै शपथको व्यवस्था गर्न भनेको थियो।
यसअघि लोकसेवा आयोगका प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशले पनि सर्वोच्चमै शपथ लिएका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा अधिवक्ता खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधीवक्तामा नियुक्त गरेकी थिइन्।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...
-
मनिष झाभन्दा धेरै मतकाे अन्तरमा पछाडि परे विमलेन्द्र निधि
जनकपुर । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले अग्रता बढाउँदै लगेका छन्।...











