जसपा विवाद : उपेन्द्र यादव पक्षको बहस सकियो, भोलि ‘हेड काउन्ट’ हुने
काठमाडाैँ । निर्वाचन आयोगमा जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी चलिरहेको बहसमा उपेन्द्र यादवको पक्षबाट बहस सकिएको छ ।
महन्थ ठाकुरको पक्षबाट लक्ष्मणलाल कर्णले बहस गरेपछि एक छिनका लागि ब्रेक भएको छ । ब्रेकपछि महन्थ ठाकुरको पक्षबाट पुनः बहस सुरु हुने वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले बताए ।
यादवको पक्षबाट अधिवक्ताहरु वीरेन्द्र ठाकुर, मिथलेस सिंह, महादेव यादव, हरिहर दाहाल, सुनिल पोखरेल, कृष्ण शर्मा, दीपक राई, मुक्ति प्रधानलगायत ११ जनाले बहस गरेका छन् ।
त्यस्तै, महन्थ ठाकुरको पक्षमा जसपाका कार्यकारिणी सदस्य समेत रहेका अधिवक्ता लक्ष्मणलाल कर्णसहित अधिवक्ताहरू सुरेन्द्र महतो, प्रकाश केसी, विजयकान्त न्यौपाने, ईश्वरी भट्टराई, केदार कोइराला र ओमप्रकाश सिंहले बहस गर्ने बताइएको छ । सकभर दुवै पक्षको बहस आजै सकाउने तयारी छ तर लम्बियो भने भोलि पनि बहस हुने सम्भावना रहेको उनले बताए ।
उपेन्द्र यादव पक्षका अधिवक्ताहरूले पार्टीको हरेक समितिमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दल सम्बन्धी ऐन अनुसार पार्टीका आधिकारिकता उपेन्द्र यादव पक्षले पाउनुपर्ने दाबी गरेको छ । उपेन्द्र यादवको कार्यकारिणी, राष्ट्रियसभा र प्रतिनिधिसभामा समेत बहुमत रहेको दाबी गर्दै विश्वास नलागे हेड काउन्ट गर्न आफूहरूले आग्रह गरेको अधिवक्ता मिथलेस सिंहले बताए । आज बहस सक्यो भने भोलि हेड काउन्ट हुने उनले बताए ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











