यादव पक्षको संसदीय दलमा बहुमत पुग्यो, देउवालाई २० सांसदको समर्थन
काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका २० जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
आइतबार बसेको यादव पक्षको संसदीय दलको बैठकमा २० जना जसपा सांसद सहभागी भएको जसपाका नेता इस्तियाक राईले जानकारी दिए । यससंगै जसपाको संसदिय दलमा ३२ जनामध्ये २० जना यादवको पक्षमा पुगेका छन् ।
प्रधानमन्त्री देउवाले अपराह्न ४ बजेपछि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेका छन् ।
२५ सदस्यीय मन्त्रिपरिषदमा वरावर मन्त्रालय आफुहरुले पाउनुपर्ने अडान पनि जसपाले राख्ने भएको छ । जसपाले एमालेको माधव नेपाल पक्ष सहभागी भए ५ मन्त्रालय र १ राज्यमन्त्री र सहभागी नभएको अवस्थामा ७ मन्त्री र १ राज्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट गृह र कानुन, माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिइसकेको छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफूले पाउनुपर्ने माग राखेको छ । त्यसका साथै अन्य महत्वपूर्ण मन्त्रालयहरुको समेत समुचित बाँडफाँट हुनुपर्ने जसपा सांसदहरुको माग छ ।
जसपाको आधिकारिकता विवाद अहिले निर्वाचन आयोगमा चलिरहेको छ । आयोगले आइतबारदेखि सुनुवाइ गर्ने कार्यतालिका छ । आयोगमा सनाखत प्रक्रिया पूरा भएलगत्तै जसपा सरकारमा जाने तयारीमा रहेको नेता राईले बताए । जसपाबाट अध्यक्ष उपेन्द्र यादवसहित इस्तियाक राई, राजेन्द्र श्रेष्ठ,प्रदिप यादव,रेणु यादव,महेन्द्र यादव र प्रमोद शाह सरकारमा जाने लगभग निश्चित भइसकेको छ ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












