विदेशमा गराएको उपचार खर्च राज्यले तिर्न मिल्दैन : नेता थापा
काठमाडौं नेपाली कांग्रेसका नेता तथा पूर्व-स्वास्थ्यमन्त्री गगन थापाले पूर्व-प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको विदेशको उपचार खर्च कानुनी रूपमा राज्यले व्यहोर्न नमिल्ने बताएका छन्।
विदेशमा गरेको जोसुकै नेपालीहरूको उपचार खर्च राज्यले व्यहोर्ने कानुनी व्यवस्था नरहेको भन्दै उनले आवश्यक परेमा देशविदेशमा रहेका नेपालीहरूले उनलाई सहयोग गर्न तप्पर रहेको बताएका छन्।
केपी ओली सरकारले पूर्व-प्रधानमन्त्री खनालको उपचार खर्च राज्यले व्यहोर्ने निर्णय गरेका थिए। त्यसबेला पनि नेता थापाले फेसबुकमा लेख्दै निर्णयको विरोध जनाएका थिए।
त्यस्तै, मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डनिवासबाट दिल्लीमा उपचाररत नेता खनाललाई फोन संवादमार्फत उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए। त्यसलगत्तै विदेशको उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भन्दै नेता थापाले बुधबार सामाजिक सञ्जालमा विरोध जनाएका हुन्।
नेता थापाले लेखेका छन्,‘अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति, प्रधानमन्त्रीदेखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न पाउँदैन, कानुनको यो व्यवस्थाको सम्बन्धमा सम्माननीय प्रधानमन्त्री प्रष्ट हुनुहुन्छ भन्ने मलाई विश्वास छ,अघिल्लो सरकारले कानुनविपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईको भनाई उद्धृत गर्दै आएका समाचार गलत हुन भन्ने विश्वास छ।’
उनले यस्तो बेलामा उपचारको खर्च सरकारले व्यहोर्ने भन्ने विषय उठाइ उनको बारेमा अनावश्यक टीकाटिप्पणी गर्ने वातावरण बनाएर खनालको परिवारलाई दुःखी नबनाउन पनि आग्रह गरेका छन्।
पूर्व-प्रधानमन्त्री खनाल केही सातादेखि मिर्गौलालगायत समस्याले गर्दा दिल्लीमा उपचाररत छन्।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












