महन्थ ठाकुर पक्षको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मीको इजलासमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ।
केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्वाचन आयोगको कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च अदालत गएको हो। त्यो रोक्नलाई अदालतले परमादेश जारी गर्नुपर्ने ठाकुर पक्षको माग छ।
आयोगमा सोमबार हुने टाउको गनेर आधिकारिकता दिने कदम रोक्न माग गर्दै रिट दायर भएको हो। अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ।
आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि साउन ११ गते बोलाउने निर्णय गरेको थियो।
साउन ११ गते टाउको गनेर (हेडकाउन्ट) गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर नभए उपेन्द्र यादव पक्षले आधिकारिकता पाउनेछ। पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ भएको थियो।
आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको थियो। यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष यादव समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बेलामा ठाकुर समूह एक्लिँदै गएपछि अन्तिम समयमा पक्षमा मत दिने निर्णयमा पुगेको थियो।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












