महाकालीमा बेपत्ता जयसिंह धामीलाई ड्रोनको सहायताले खोज्ने तयारी
काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिदिएपछि बेपत्ता भएका जयसिंह धामीको खोजीमा ड्रोन क्यामेरा प्रयोग गरिएको छ । प्रहरीको प्राविधिक टोलीले महाकालीमा ड्रोनको प्रयोग गरेर खोजी गरिरहेको हो ।
गत शुक्रबार दार्चुलामा व्यास गाउँपालिका–२ को मलघट्टेमा रहेको तुइन चढ्ने क्रममा (एसएसबीले डोरी काटिदिएपछि धामी बेपत्ता भएका थिए । तुइन चढेर दार्चुला सदरमुकाम जाने क्रममा भारतीय बाटो प्रयोग गरेको भन्दै एसएसबीले तुइन काटिदिएको थियो । शुक्रबार बिहान कल्याणसिंह धामीले तुइनबाट मान्छे तार्ने क्रममा भारतीय सुरक्षा बलका कर्मचारीले तुइन काटेका थिए ।
तुइन काट्नुअघि चारजना पार गरिसकेका थिए भने तीनजना बाँकी थिए । डोरी काटिदिएर एसएसबी भागेका थिए । त्यसपछि तुइनमा रहेका धामी महाकाली नदीमा खसे । उनी अझै बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीको खोजीका लागि ड्रोन क्यामेरासहित प्रहरीका ११ टोली र सशस्त्र प्रहरीका तीन टोली परिचालन गरिएको छ । यसबाहेक सर्वसाधारण पनि उनको खोजीमा जुटेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धामीको खोजीका लागि भारतीय सुरक्षा निकायसँग पनि सहयोग मागिएको छ ।
दार्चुलाको उक्त क्षेत्रमा २१ वर्षदेखि तुइनमार्फत सर्वसाधारण वारपार गर्न बाध्य छन् । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ । समिति अहिले दार्चुलामै छ ।
समिति हेलिकोप्टरमा घटनास्थलसमेत पुगेको थियो । घटनास्थलमा भारतीय एसएबीसँग अनुसन्धान समिति गएको भन्दै चर्को विरोधसमेत भएको थियो ।
समितिले बेपत्ता धामीका आफन्त, धामीसँगै तुइन तरेर पार भएकाहरु, प्रत्यक्षदर्शी, स्थानीय लगायतसँग घटनाबारे जानकारी लिएको छ । समितिले घटनाबारेको प्रतिवेदन बुझाउने छ ।
प्रत्यक्षदर्शीहरुले भारतीय एसएसवीले तुइन काटेको दाबी गरे पनि नेपाली सुरक्षा निकाय र स्थानीय प्रशासनले भने यसबारे बोल्न मानेको छैनन् ।
दार्चुलास्थित सुरक्षा एक अधिकारीले भने, “हामी यो घटनाबारे केही बोल्दैनौं । समितिले सबै कुरा हेरिरहेको छ । हामीले आवश्यक सम्वन्य मात्रै गरिरहेका छौं ।”
भारतीय पक्षले भने आफूहरुले तुइन नकाटेको दाबी गरेको छ । दार्चुलाका विभिन्न चार स्थानमा अझै पनि स्थानीयले तुइनकै भरमा महाकाली नदी तर्नुपर्ने बाध्यता छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...












