मनोज गजुरेलको नयाँ अवतार : देउवा, पुटिन, जोन्सनदेखी कृष्णगोपालसम्म
काठमाडौं । यसवर्षको गाइजात्रा भर्चुअल माध्यममार्फत आयोजना गरिने भएको छ ।
कोरोनाभाइरस महामारीको कारण भदौ १ देखि ७ गतेसम्म एपीवान टिभीबाट गाइजात्रा प्रसारण हुने भएको हो ।
यसअघि प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने गाइजात्रा यसपटक भने भर्चुअलरुपमा हुने भएपछि हाँस्य कलाकारले सोही अनुसार तयारी थालेका छन् । कमेडियन मनोज गजुरेलले आफ्नो गर्ने कमेडी चरित्र र तिनको हुलिया सार्वजनिक गरेका छन् ।
यसपटक गजुरेलले बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्दालमिर पुटिन, पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र प्रधानमन्त्री शेरबहादुर देउवाको चरित्र चित्रण गर्दैछन् ।
उनले जोन्सन र देउवाको भिडिओ कल तथा दुई मुलुकबीचको राजनीतिलाई तुलना गरेर व्यंग्य गर्दैछन् । अर्कोतर्फ धमलाको जमला व्यंग्यमार्फत पुटिन र देउवाको खोप संवाद प्रस्तुत गर्दैछन् । कार्यकालमा चर्चामा आएका पूर्वशिक्षामन्त्री श्रेष्ठबारे पनि उनले व्यंग्य गर्नेछन् ।
यसपटक पहिलो पुस्ताका हाँस्य व्यंग्य कलाकारहरु शैलेन्द्र सिंखडा, चट्याङ मास्टर, राजा राजेन्द्र, हिमेश पन्त लगायतले समेत कमेडी पस्कने भएका छन् । प्यारोडी गीतमार्फत पनि व्यंग्य हुने जनाइएको छ । पशुपति शर्मा, यमन श्रेष्ठ र किरण केसीले व्यंग्य गीत प्रस्तुत गर्नेछन् ।
पछिल्लो पुस्तामा चल्तीका कलाकार रियाशा दाहाल र भटभटे माइलो समेत चित्रित हुने जनाइएको छ । ‘सबै वर्ग र पुस्ताका कलाकारलाई समेटेर हामीले गाइजात्रा प्रस्तुत गर्न लागेका हौं’ कलाकार गजुरेलले भने ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












