सञ्चय कोषको प्रशासकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै तुलसी गौतम सर्वोच्चमा
काठमाडाैँ । सरकारले आफूलाई गैरकानूनी ढंगले हटाएको भन्दै कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र सञ्चयकोष सञ्चालक समितिलाई विपक्षी बनाएर गौतमले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सञ्चय कोषको प्रशासक पदका लागि रीतपूर्वकको आवेदन दिएको, आफूले पेश गरेको कार्ययोजना, प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मूल्यांकनको आधारमा अर्थ मन्त्रालयको प्रस्तावमा आफू पाँच वर्षका लागि नियुक्त गरेको रिटमा दाबी गरिएको छ ।
सरकारले २०७५ वैशाख ४ मा गौतमलाई पाँच वर्षका लागि कोषको प्रशासक नियुक्त गरेको थियो ।
‘मलाई प्रशासक पदबाट पदमुक्त गर्ने गरी गरिएको उक्त निर्णयमा पदमुक्त गर्नुपर्नाको कुनै आधार र कारण समेत उल्लेख गरिएको छैन । प्रत्यर्थी नेपाल सरकार (मन्त्रिपरिषद्)ले कोषको प्रशासकको रूपमा मेरो पाँच वर्षको कार्यावधि हुने गरी स्पष्टरूपमा समयावधि समेत तोकी नियुक्ति गरेको हुँदा सो अवधिसम्म मैले कोषको प्रशासकको हैसियतले कार्य गर्न पाउने वैध अपेक्षामा आघात पुग्ने गरी मलाई सुनुवाइको मौका समेत नदिई कोषको प्रशासक पदबाट पदमुक्त गर्नु प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ,’ रिट निवेदनमा भनिएको छ ।
भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई कोषको प्रमुख प्रशासकबाट हटाउने निर्णय गरेको थियो ।
हेर्नुहोस्, रिट निवेदन :
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












