अदालतको आदेशपछि कर्मचारी सञ्चय कोषका प्रशासक गौतमले पुनः सम्हाले कार्यभार
काठमाडौँ । कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतमले आज पुनः कार्यभार सम्हालेका छन् ।
कोषका प्रशासक गौतमलाई कार्यकाल नसकिँदै अवकाश दिने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले गत बिहीबार अल्पकालिन आदेश दिएपछि आजबाट पुनः कार्यभार सम्हालेका हुन् ।
मन्त्रिपरिषदको अघिल्लो साता सोमबार बसेको बैठकले उनलाई कालकाल नसकिँदै विना कारण अवकाश दिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत गएका गौतमको पक्षमा अदालतले अप्कालिन आदेश जारी गरेको हो ।
गौतमले भनेः आफू कुनै राजनीतिक आस्थाका आधारमा नभई खुल्ला प्रतिस्पर्धाबाट आएको र इमान्दारितापूर्वक कोषलाई सुधार गर्न कार्यरत रहँदाको अवस्थामा विना कारण अवकाश दिएर अपमान गरेको अनुभव भएकाले न्यायका लागि अदालत जानु परेको बताए ।
सरकारी सेवामा रहँदा विभिन्न निकायमा रहेर राम्रो कार्यक्षमता प्रस्तुत गरेका गौतमले कोषमा आएपछि पनि यसको सुधारका लागि राम्रो काम गरेका छन् । उत्कृष्ट कार्यक्षमताको मूल्यांकन गर्दै अर्थमन्त्रालयले उनलाई नगदसहित पुरस्कृत पनि गरेको थियो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












