फर्किनुअघि सुमारको आग्रह- एमसीसीलाई राजनीतिकरण नगरौं
काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाली संसदबाट अमेरिकी अनुदान सम्झौता अनुमोदन हुने विश्वास व्यक्त गरेकी छिन् । आइतबार होटल मेरियटमा आयोजित पत्रकार सम्मेलनमा सुमारले एमसीसीलाई राजनीतिकरण नगर्न समेत आग्रह गरिन् ।
राजनीतिक नेतृत्वले आफूहरूको आग्रहलाई गम्भीररूपमा लिनुपर्ने बताउँदै सुमारले अनुमोदन हुनेमा आफू आशावादी रहेको बताइन् । ‘चाँडै अनुमोदन होस् भन्ने मेरो चाहना छ’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘म आशावादी छु र राजनीतिक पार्टीहरुलाई गम्भीर बन्न मेरो आग्रह छ ।’
कोरोना महामारीले थलिएको नेपालको अर्थतन्त्रको हितमा एमसीसी महत्वपूर्ण हुने बताउँदै सुमारले नेपालको आर्थिक विकास अमेरिकी चाहना रहेको बताइन् ।
‘नेपालले जतिसक्दो चाँडो यसलाई अनुमोदन गर्छ । त्यति नै यसले नेपालको थलिएको अर्थतन्त्रलाई फाइदा पुग्छ ।’ सम्झौताको अन्तिम सीमा नरहेको बताउँदै उनले नेपाली संसदले चाँडो निकास दिने विश्वास व्यक्त गरिन् ।
चार दिने नेपाल भ्रमणको अन्तिम दिन भ्रमणको उपलब्धीबारे बताउन सुमारले पत्रकार सम्मेलन आयोजना गरेकी हुन् । उनी सोमबार फर्कने अमेरिकी दूतावासले जनाएको छ । काठमाडौं भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई भेटेकी थिइन् ।
प्रधानमन्त्रीसहितका सत्तारुढ गठबन्धनले राष्ट्रिय सहमति जुटाएर अघि बढ्ने जानकारी सुमार नेतृत्वको प्रतिनिधिमण्डललाई दिएका थिए । एमाले अध्यक्ष ओलीले भने एमसीसीबारे पहिले सरकारको पोजिसन क्लियर हुनुपर्ने बताएका थिए ।
नेपाल आउनुपूर्व सुमारले सरकारले सोधेका ११ प्रश्नको जवाफ दिँदै एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको बताएकी थिइन् । साथै, एमसीसी हिन्द-प्रशान्त रणनीतिको हिस्सा नरहेको बताएकी थिइन् ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












