चन्द्रागिरिमा कतारको ‘फुड फेस्टिभल’
काठमाडौँ। नेपालस्थित कतारी दूतावासले चन्द्रागिरि हिलमा फुड फेस्टिभल आयोजना गरेको छ । कोभिड–१९ संक्रमणका कारण निकै अघिदेखि गर्न नसकेको फुड फेस्टिभल दूतावासले शुक्रबार आयोजना गरेको हो ।
दूतावासले गत फेब्रुअरीमा नै फुड फेस्टिभल आयोजना गर्ने तयारी गरे पनि कोभिड–१९ को संक्रमण दर बढेकाले स्थगित गरेको थियो । अहिले कोभिड संक्रमण घटेको अवस्था भएकाले मानिसहरूको चहल पहल बढेको साथै सबैमा फेस्टिभ मुड देखिएको अवस्थामा फुड फेस्टिभल आयोजना गरिएको दूतावासले जनाएको छ ।
चन्द्रागिरि हिल्समा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबलकारमार्फत ढुवानी गरेर कतारी (अरबीक) र अन्य विदेशी खानाको स्वाद पस्किएको हो । फेस्टिभलका लागि कतारी दूतावाससँग चन्द्रागिरि हिल्स प्रालिले सहकार्य गरेको हो ।
फेस्टिभलका लागि हिल्सले कार्यक्रम स्थल र अन्य खाना उपलब्ध गराएको थियो भने कतारी दूतावासले कतारी (अरविक) परिकार पस्किएको थियो । कोभिडले थलिएको नेपालको पर्यटन क्षेत्रलाई कतारी दूतावास र चन्द्रागिरि हिल्सको संयुक्त आयोजनामा सम्पन्न फेस्टिभलले आशा जगाउने काम गरेको बताइएको छ ।
कूटनीतिक नियोगका सबैजसो अधिकारीहरू उपस्थित
उक्त फेस्टिभलमा औपचारिक कार्यक्रम भने राखिएको थिएन । फेस्टिभलमा उपस्थित आगन्तुकहरू प्राकृतिक दृष्यावलोकन गर्दै खाना खाइरहेका देखिन्थे । कार्यक्रममा कूटनीतिक नियोगका सबैजसो अधिकारीहरूको उपस्थिति थियो । काठमाडौमा रहेका अन्य मुलुकका राजदूतको पनि उपस्थिति रहेको कार्यक्रम नेपालका लागि युएइका राजदूत एक एम्बास्डर डिन सैद हम्दान अल नक्वीको उपस्थितिपछि अघि बढेको थियो ।
केबलकार चढेर चन्द्रागिरि हिल पुगेका सहभागीहरू त्यहाँबाट सानो मोटरमार्फत होटल पुगेका थिए । उनीहरूले होटलको स्टलमा दूतावासले तयार पारेको अरविक र चन्द्रगिरि हिल्सले उपलब्ध गराएको खानाका परिकारहरूको स्वाद लिएका थिए । फेस्टिभलमा नेपाली तथा विदेशीहरू सहभागीहरू त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाएका थिए । कतारले नेपालको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्ने र विकासमा सहकार्य गर्ने बताउने मात्र होइन हाइकिङ गराउनेदेखि धेरै विषयमा ठोस रूपमा सक्रिय रहँदै आएको छ ।
कतारी राजदूत युसुफ बिन मोहम्मद अल हैल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आगन्तुकलाई स्वागत, सत्कार गरेका थिए ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












