रामदेवका दुई टेलिभिजनबारे छानबिन सुरु
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नाम गरेका टेलिभिजनको उद्घाटन गरेका थिए।
उद्घाटनपश्चात् ती दुई टेलिभिजनहरु दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको हो। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए।
प्रधानमन्त्री देउवाले पतञ्जली योगपिठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरुको सहभागिता थियो।
विभागका प्रवक्ता भरत गौतमले प्रधानमन्त्री स्वयंले उद्घाटन गरेको टेलिभिजनको दर्ता प्रक्रियाबारे विवाद आएपछि अनुसन्धान अघि बढाइएको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यू पनि उदघाटन कार्यक्रममा सरिक हुनुभएको हुनाले यो विषयमा के हो भनेर जानकारी लिने प्रक्रियामा छौं,’ उनले भने, ‘अनुसन्धान त गर्नु पर्यो नि, कानुनी ट्रयाकमा छ कि छैन भनेर हेर्नुपर्यो।’
उनले उक्त टेलिभिजनहरु प्रसारण भएको हो कि होइन, हो भने ऐनअनुसार छ कि छैन भनेर बुझ्न लागेको बताए। ‘ऐननुसार प्रसारण भएको हो कि होइन भनेर विस्तृत हेर्छौं,’ उनले भने।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी बर्जित गरेको छ । ती च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएपछि सर्वत्र आलोचना हुन थालेको छ। राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजन सञ्चार माध्यम सूचना तथा प्रसारण विभागमा दर्ता भएरमात्रै टेलिभिजन सञ्चालन गर्नुपर्ने व्यवस्था छ। यद्यपि यी दुई टेलिभिजन विभागमा दर्ता भएको छैन।
भारतीय बहुराष्ट्रिय कम्पनी पतञ्जलीको लगानीमा आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजन सञ्चालनमा ल्याउने तयारी छ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले विदेशी लगानी खुला नगरिएका उद्योग वा व्यवसायको सूचीमा ‘आमसञ्चारमाध्यमहरू (पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार) को व्यवसाय तथा राष्ट्रभाषाको चलचित्र व्यवसाय’लाई राखेको छ।
Comments
अरु समाचार
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...












