विश्वले अहिले बालुवाटार,खुमलटार खौज्दैन, बालकोटले के भन्यो भनेर सोध्ने गरेको छ : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीति अहिले पनि एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताएका छन्।
ज्ञवालीले एमाले सत्ता शक्तिमा नभएपनि देश र विदेशले बालुवाटारभन्दा पहिले बालकोटले के भन्छ भनेर कुरेर बसिरहेको बताए।
‘राष्ट्रिय राजनीतिको केन्द्रमा अहिले एमाले र केपी शर्मा ओली छन्,’ बुधबार एमालेको साइबर सर्कल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, देश, विदेशले अहिले बालुवाटार सानेपा, खुमलटार खोज्दैन अहिले बालकोट र थापाथलीले के भन्यो भनेर सोध्ने गरेको छ।’
सम्बोधनका क्रममा ज्ञवालीले विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता कब्जाको अभ्यास एमालेले नै असफल पारेको बताए।
विस्तृत शान्ति सम्झौतापछि देशमा संविधान निर्माण, द्वन्दकालिन मुद्दाहरुको निरुपण लगायतका कामहरुलाई प्राथमिकता दिनुपर्ने बेला प्रचण्डले सत्ताकब्जाको अभ्यास स्वरुप सेनामाथि जाइलागेको स्मरण गरे।
विगतमा प्रचण्डको सत्ता कब्जाको अभ्यासलाई असफल पारेकै कारण अहिले एमालेविरुद्ध घेराबन्दीको प्रयास भइरहेको बताए ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस
काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक समूहमा ३६३ प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेको...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
काभ्रे बस दुर्घटना: ८ जनाको ज्यान गयो, १७ घाइतेको उपचार जारी
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बा...
-
गोदावरी नदीले बगाउँदा दुई महिलाको ज्यान गयो
धनगढी। कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीले बगाउँदा शुक्रबार बिहान दुई महिलाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
रेष्ट इभेन्ट्सको ‘एसईई सुपर मोडल २०२६’: सौरभ सिटौला र आर्याना सिंह बने विजेता
काठमाडौँ । नेपालका कान्छा कोरियोग्राफर गौरव सिटौलाका भाइ सौरभ सिटौला र आर्याना सिंह यस वर्षको “मिस्टर एण्ड मिस एसईई सुपर...
-
सरकारी विद्यालयमा किन विद्यार्थी संख्या न्यून ? तेह्र हजार विद्यालयमा सयभन्दा कम
काठमाडौँ। देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका...












